३१ आश्विन २०८३, शनिबार

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने!

73.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadav

काठमाडौ, २८ असार । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित भएसँगै संविधानमा असहमति जनाउँदै आन्दोलनमा रहेका मधेसवादी दलका नेताहरु सत्तामा आउने कसरतमा लागेका छन् ।

मंगलबार आज नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रचण्डको नेतृत्वमा माओवादीलाई समर्थन गर्ने बताइसकेको छ ।

यो निर्णयसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार निर्माण हुने निश्चित भएको छ ।

प्रचण्डको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि खासगरी संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ सरकारमा उपप्रधानमन्त्री बन्ने र महत्वपूर्ण मन्त्रालय हात पार्ने दौडमा लागेका छन् ।

स्रोतका अनुसार यादवले संविधान संशोधन गरेर संघीय गठबन्धनले उठाएका मागलाई संबोधन गर्ने लिखित प्रतिबद्धता प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्यक्त गरे प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा सहभागिता जनाउने सन्देश प्रचण्डकहाँ पुगाएका छन् ।

दुईपटक मन्त्री भइसकेका यादवले प्रचण्ड नेतृत्वको सरकारलाई सबै निर्वाचन गराउन सहयोग गर्ने गरी सरकारमा समेत सहभागिता जनाउने खबर पठाएको संघीय गठबन्धनका एक नेताले जानकारी दिए ।

यादव अहिले संघीय गठबन्धनको नेतृत्व सम्हाल्दै राजधानी केन्द्रीत आन्दोलनको कमाण्डिङ गरिरहेका छन् । जसअन्तर्गत एक महिनादेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन जारी छ ।