२६ कार्तिक २०८३, बिहिबार

संघीय फोरमको राष्ट्रिय परिषद् भेला साउन दोस्रो साता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra  Yadav daiकाठमाडौं, २८ असार । संविधान पनुर्लेखनको मागसहित आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरम नेपालले साउनको दोस्रो साता आफ्नो राष्ट्रिय परिषदको भेला आह्वान गरेको छ ।

संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार साउतका ११ र १२ गते काठमाडौंमा भेला हुनेछ । भेलामा अहिलेको जारी आन्दोलन, सांगठनिक विषय, सरकारका विषयमा पार्टीको धारण आदि विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय परिषदको भेला बस्नुअघि संघीय समाजवादी फोरम नेपालको पोलिट ब्यूरो र केन्द्रीय समितिको बैठक बस्नेछ । बैठकले परिषद् भेलाका लागि एजेन्डा तय गर्नेछ ।

मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनमार्फत राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरम नेपालले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा भेलाबाट रणनीति बनाउनेछ ।