१ कार्तिक २०८३, शनिबार

प्रेसिडेन्ट कप फुटवलको आय व्यय सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gn3_1566738502बुटवल, २७ असार । पहिलो सिपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको आय व्यय आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी लुम्बिनीले सार्वजनिक गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीको आयोजनामा गत चैत ९–२७ सम्म भएको फुटबल प्रतियोगिताको सबै खर्चको विवरण सार्वजनिक गरिएको हो ।

एकेडेमीको हालै सम्पन्न भएको बैठकले खर्चको अनुमोदन गर्दै हिसाब किताब सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष मेघराज भण्डारीले जानकारी गराए । अध्यक्ष भण्डारीका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २३ लाख १८ हजार ६ सय ३८ रुपैयाँ रकम संकलन गरिएको र सोही रकम मध्येबाट २३ लाख एक हजार ८ सय २६ रुपैयाँ खर्च भएको थियो ।

एकेडेमीको सातौं बैठकले यसलाई अनुमोदन गरेको छ । विभिन्न प्रायोजक तथा निकायबाट संकलित रकमको सबै विवरण सार्वजनिक गरिएको एकेडेमीका सचिव शंकर पाण्डेले बताए ।

अध्यक्ष मेघराज भट्टराई(राजु) को अध्यक्षतामा भएको उक्त बैठकमा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष शिवराज सुवेदी, एकेडेमीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का इन्चार्ज ध्रुब आचार्य, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज ज्ञानु केसीलगायतले बोलेका थिए ।