१ कार्तिक २०८३, आइतबार

चीन र श्रीलंकाबीच नयाँ सम्झौता, भारतले आत्तिदै के भन्यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई देशका प्रधानमन्त्री ।
दुई देशका प्रधानमन्त्री ।

काठमाडौं, २७ असार । चीन र श्रीलंकाको एउटा सम्झौताले भारतमा चिन्ता बढेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले मेरीटाइम सिल्करोड परियोजनामा श्रीलंकालाई पनि जोड्ने सहमति गरेपछि भारत घेराबन्दीमा परेको हो ।

यी दुई देश यो परियोजनाबाट जोडिनेभएपछि हिन्द महासागर शिपिंग हबका रुपमा रुपमा विकसित हुनेछ । चीन र श्रीलंकाबीच यो सम्झौता भारतलाई घेराबन्दीमा पार्ने प्रयासमा रुपमा दिल्लीमा चर्चा भइरहेको छ ।

चीनको सिल्क रोड परियोजना चीनको विस्तारवादी नीति र भारतलाई सामरिक रुपमा घेर्ने खेलको रुपमा भारतीयले आत्तिदै विश्लेषण गरेका छन् ।

उर्जा सम्पदाले सम्पन्न अरबको खाडीसम्म जोड्ने र समुद्री लेनबाट नजिकैको बन्दरगाहसम्म आफ्नो पहुँच बनाउनका लागि चीनले सिल्ड रोड परियोजनामा तीव्रताका साथ काम गरिरहेको भारतीय मिडियाले लेखेका छन् । उनीहरुले यो परियोजनाका माध्यमबाट पूर्वी चीनलाई मध्य एसिया जोड्ने योजना पनि भनेका छन् ।

शुक्रबार श्रीलंकाका विदेशमन्त्री मंगला समरवीरा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको बैठकमा दुई देश सिल्क रोड परियोजनाबाट जोडिने सहमति भएको थियो ।