१ कार्तिक २०८३, शनिबार

युरोकपको फाइनल खेलपछि हिंसा भड्कियो, ४० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

euro-cup

पेरिस, २७ असार । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।

ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए ।

त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगलका समर्थकहरुको भिड लागेको थियो ।

उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेलमैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए ।

ती प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए ।

त्यस क्रममा हिंसा भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Supporters of Portugal celebrate their team's 1-0 win over France on the Champs Elysees avenue in Paris after the Euro 2016 final soccer match between Portugal and France, Monday, July 11, 2016. Portugal wins the 2016 European Championship, after substitute Eder scored in extra time to give his team a 1-0 win over France. (AP Photo/Francois Mori)

यसअघि पनि फ्रान्समा अघिल्लो वर्ष भएका आतङ्ककारी हमलाका कारण दशौँ हजार मानिस जम्मा हुने यस युरोकप फुटबलका लागि शान्ति सुरक्षाको विशेष प्रबन्ध गरिएको थियो ।

ठूलो सङ्ख्याका सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको थियो । जसका कारण पनि कुनै प्रकारको हिंसा हुन पाएन ।

तर खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए । रासस/एएफपी