१ कार्तिक २०८३, आइतबार

बेलायतबाट नेपालका दृष्टिबिहीनहरूलाई सहयोग प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo 2लन्डन । बिदेसमा बसेका नेपालीहरुले नेपालमा रहेका सहयोगबिहीन व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा बेलायतमा रहेका नेपालीहरुले नेपालको सुनसरीस्थित दृष्टिबिहीनहरुको लागि ब्रेल कम्प्युटरको लागि सहयोग पठाएका छन् ।

लागूऔषध दुर्ब्यसनीहरुलाई सुधार तथा लागूऔषध ब्यबसायीहरु बिरुद्ध अभियान नै चलाएका शिवजी श्रेष्ठको पहलमा कम्प्युटर किन्न सहयोग पठाइएको छ ।

दृष्टिबिहीनहरुलाइ कम्प्युटर ब्यबस्थापन सहयोग कार्यक्रमको संयोजन गरिरहेका निश्चलमोहन पालिखेका अनुसार दृष्टिबिहीनहरुलाइ प्राबिधिक ज्ञान दिलाई सबलाङ्ग जस्तै इन्टरनेट र सामाजिक संजालमा उनीहरुको पहुचलाई सरलीकरण गर्न डाइनामिक ब्रुना यु एसद्वारा २ थान ब्रेल कम्युटर सफ्टवेयर उपलब्ध गराएकोले ६ थान कम्प्युटर आवश्यक परेको छ ।

धरानलाई केन्द्र बनाएर संचालित सुनसरी नेत्रहिन संघले दृष्टिबिहीनहरुलार्इ आफ्नो हकहित र अधिकारको बारेमा सूचिकृत गराउने, आयआर्जनको लागि बिभिन्न किसिमका सिपमुलक तालिम दिने तथा सम्मानजनक जीवनयापन गर्न सक्षम गराउने कार्यमा लागिपरेको यस संस्थाको लागि केहि सहयोग गर्न पाउदा खुशी लागेको कुरा सहयोगदातामध्येकी एक सुनिता प्रधानले बताइन् ।

बेलायतमा स्वास्थ्यसंग सम्बन्धित् अमेरिकी सलादमास्टरको डिलरसिप संचालन गरिरहेका शिवजी श्रेष्ठ, उर्मिला श्रेष्ठ, बाबुराम प्रधान, सुनिता प्रधानले संयुक्त रुपमा सो कम्प्युटर खरिदका लागि सहयोग प्रदान गरेका हुन् ।