२६ कार्तिक २०८३, बिहिबार

चीनले कांग्रेसलाई यसरी नजिक्याउँदै, दश सांसद बोलायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinaकाठमाडौं, २७ असार । नेपाली राजनीतिक र आन्तरिक गतिविधिमा नजिकबाट नियालीरहेको मित्रराष्ट्र चीनले नेपाली कांग्रेसका सांसद र नेताहरूलाई भ्रमणका लागि बोलाएको छ ।

चीनको निम्तोलाई स्वीकारेर कांग्रेसले आफ्ना दश जना सांसद र पाँच जना तेस्रो तहका नेताहरूलाई आज भ्रमणमा पठाएको छ । भ्रमण झण्डै ११ दिनसम्म चल्नेछ ।

कांग्रेससंगको सम्बन्धलाई अझै मजबुत बनाउने प्रयास स्वरुप सांसद र नेताहरूलाई भ्रमणमो बोलाएको हुन सक्ने सांसद अनिता देवकोटाले जानकारी दिनुभयो ।

‘भ्रमणको खासै त्यस्तो उद्देश्य त छैन’, देवकोटाले भन्नुभयो, ‘चीनको निमन्त्रणामा पार्टीले हामीलाई पठाएको हो ।’ उहाँले चीन पनि हाम्रो मुलुकको अत्यन्तै निकटको मित्रराष्ट्र भएकाले समय समयमा भ्रमण गर्नु राम्रो हुने उल्लेख गर्नुभयो ।

चीनको निम्तोमा भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नेहरूमा सांसद रामचन्द्र पोखरेल, अनिता देवकोटा, सारदा पौडेल, विष्णुमाया परियार, तप्त विष्ट, रश्मी ठाकुरलगायत दस जना सांसद छन् । भ्रमण टोलीमा बेलायका पूर्व राजदूत सुरेश चालिसे, वुद्धिसागर चौधरी, रेशम बानियाँ सुरेन्द्र आचार्यलगायत पनि छन् ।