१ कार्तिक २०८३, शनिबार

युरोकपको उपाधि पोर्चुगललाई, फ्रान्स १–० ले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

160710215708_football_soccer_-_portugal_v_france_-_euro_2016_640x360_reuters_nocreditपेरिस, २७ असार । आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।

अतिरिक्त समयमा एइडरले गोल गरेपछि पोर्चुगलले उपाधि जितेको हो ।
सोमबार बिहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो ।

एइडरको गोलको मद्दतमा घरेलु टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको छ । उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए ।

160710210308_france_portugal_640x360_getty_nocreditखेलमा फ्रान्सले खेलमा केही सुन्दर मौका खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो ।

समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको २००४ को उपविजेता पोर्चुगलले नभन्दै उपाधिमाथि कब्जा जमाएको छ ।