२६ कार्तिक २०८३, बिहिबार

एमाले र माओवादीबीच नयाँ सहमति, सरकारबाट हट्ने भए यी मन्त्रीहरु (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachanda

काठमाडौं, २६ असार । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रिमण्डल विस्तार गर्ने विषयलाई लिएर नयाँ सहमति भएको छ ।

पछिल्लो समय माओवादी केन्द्र राष्ट्रिय सहमतिको सरकार बनाउन कम्मर कसेर लागेको थियो । तर, त्यो प्रयास सफल नभएपछि माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं मन्त्रिमण्डल हेरफेर तथा विस्तार गर्न सहमत भएको हो ।

अब उसले तत्काल सरकार छाड्नेछैन् । बरु सरकार ढाल्नुपर्ने पक्षमा उत्रिएका पार्टीका नेताहरुलाई सरकारमा पठाउने र केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ ।

जसअनुसार माओवादीले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री शक्ति बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनलाई फिर्ता बोलाउने गृहकार्य सुरु गरेको छ । र सरकार ढाल्ने कसरतमा लागेका कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउनेबारे आन्तरिक छलफल तीव्र पारेको एक नेताले जानकारी दिए ।

यसैविषयमा छलफल गर्न आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक पनि बसेको थियो । उक्त बैठकमा कुनै निर्णय हुन नसकी भोली ७ बजेसम्मका लागि स्थगित भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यता माओवादी प्रवक्ता पम्फा भुसालले लाजिम्पाटमा बसेको बैठकले सरकारबारे प्रधानमन्त्रीसँग थप परामर्श गर्ने निर्णय भएको जानकारी दिइन् ।