२६ कार्तिक २०८३, बिहिबार

लोकमानलाई महाअभियोग लगाउन माग गर्दै डा. गोविन्द केसीले सुरु गरे अनसन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda-kc

काठमाडौं, २६ असार । चिकित्सा क्षेत्रको सुधारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आइतबारदेखि आठौंपटक अनसन सुरु गरेका छन् ।

आठौंपटक अनसन सुरु गरेका डा केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार गर्नुपर्ने तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।

यसैबीच डा केसीको अनसनलाई लिएर शिक्षण अस्पताल परिसरमा अनसनको पक्ष र विपक्षमा रहेकाहरुले एकअर्काको विरोधमा नाराबाजी गरिरहेका छन् ।