१ कार्तिक २०८३, शनिबार

फ्रान्स भर्सेज पोर्चुगलः कसले जित्ला युरोकप ? ज्योतिषले गरे अनौठो भविष्यवाणी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo-france

काठमाडौं, २६ असार । युरोकपको उपाधि जित्न आज आयोजक फ्रान्स र पोर्चुगल भिड्दैछन् ।

आज राति हुने खेलमा धेरैले फ्रान्सले जित्ने अनुमान गरेका छन् भने अधिकांशले पोर्चुगलले जित्ने आशा गरेका छन् । पोर्चुगलमा विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डो भएका कारण पनि धेरैले पोर्चुगलले जित्ने अपेक्षा गरेका हुन् ।

तर, नेपालका एकजना चर्चित ज्योतिष डा सुनील सिटौलाले भने अनौठो भविष्यवाणी गरेका छन् । उनले आजको खेलमा फ्रान्सले जित्ने देखिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘ग्रह गणितले देखाए अनुसार नै फाइनलमा फ्रान्स र पोर्चुगलको भिडन्त हुने भएको छ । त्यही ग्रहनियमबाट हेर्दा फ्रान्सले जित्ने देखिन्छ ।’

suneel-situla