काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको बैठकमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
उनका अनुसार स्ववियु चुनाव सबन्धि आवश्यक प्रक्रिया १ महिनाभित्र टुंगोमा पुराउने गरि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजनमा एक समिति बनाउने निर्णय समेत भएको छ ।
स्ववियु चुनाव २०६५ सालयता भएको छैन ।












प्रतिक्रिया