काठमाडौं । आफ्नो निरन्तर शैक्षिक यात्राको दौरानमा यस वर्षदेखि सूर्योदय फाउन्डेसन अन्तर्गत सूर्योदय आ.मा.वि., आनन्दभूमि आ.मा.वि. र ब्लूस्काई पब्लिक स्कुल एकीकृत भई एस ए बी पब्लिक स्कुलका रुपमा अघि बढिरहेको छ ।
विगतका दिनहरुमा यी विद्यालयहरुले छुट्टा छुट्टै रुपमा नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताका साथ मनाउदै आएको कुरा सर्वविदितै छ । हाल तीन ठूला विद्यालयहरु एकीकृत भएसँगै विद्यार्थीका बालप्रतिभाहरुको प्रस्फुटन र सम्मान गर्दै यस विद्यालयले २०३औँ भानुजयन्तीको अवसर पारेर उपत्यकाव्यापी स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
उपत्यकाका २० विद्यालयका ४० जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा कविताको शीर्षक कार्यक्रम स्थलमै दिइएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय गर्ने विद्यार्थीहरु क्रमशः अश्वीन थापा लोयल्टी एकेडेमी, आशिष पन्त रिपुमर्दिनी स्कुल , अशोक नेपाल विनायक शिक्षा निकेतन र सान्त्वनातर्फ छात्रा स्मृति खड्का रिपुमर्दिनी स्कुल र सुयश शंकर अधिकारी चाँदवाग स्कुल रहेका थिए ।
उत्कृष्ट विद्यार्थीलाई सम्मानका साथै नगद पुरस्कार, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरियो । सो कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु, अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा साहित्यकार एवम् गीतकार श्रवण मुकारुङ प्रमुख अतिथी हुनुहुन्थ्यो । साथै त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक भरत कुमार भट्टराई, साहित्यकार एवम् समालोचक जीवनाथ धमला, व्यङ्य कवि प्रेम वली, भानु प्रतिष्ठानका उपाध्यक्ष डी.पी. अर्याल, समाजसेवी भद्राकुमारी घले, विश्व भाषा क्याम्पसका सहप्राध्यापक वामदेब शर्मा, समाजसेवी ईन्दीरा सापकोटा, व्यङग्य कवि पुण्य प्रसाद आचार्य, छन्द कवि सुदेश सत्याल लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया