२६ कार्तिक २०८३, बिहिबार

‘बोल्ड निर्णय’ गर्न बोलाइएको सत्तारुढ दलहरूको बैठक अचानक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samyentra-meeting
फाइल तस्वीर

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण सत्तारुढ दलहरूको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीका कार्यक्रमहरू तोकिएको समयमा सम्पन्न हुन नसकेपछि सत्तारुढ दलहरूको बैठक आइतबार साँझ छ बजेसम्मका लागि सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठक स्थगित गर्नुका कारणका विषयमा केही बताइएको छैन ।

सत्तारुढ दलहरूको बैठकमा माओवादी केन्द्रका माग, मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, बजेट र अन्य विविध विषयमा छलफल हुने कार्यक्रम थियो ।

बैठकमा माओवादी केन्द्रले उठाउँदै आएको राष्ट्रिय सहमतिको सरकार र मंसिरमा गर्ने भनिएको स्थानीय निकायको चुनावका विषयमा पनि छलफल हुने जनाइएको थियो ।