कास्की, २५ असार । नेपाल प्रहरीद्धारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आँधीखोला स्पोर्ट्स क्लव स्याङजा हङकङले उपाधि जितेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्ला भलिवल संघको विशेष सहयोग र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहयोगमा पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङचौर खेल मैदानमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमको प्रमुख आतिथ्यमा शनिबार खुल्ला भलिवल खेल प्रतियोगिता सम्पन्न भएको हो ।
कास्की प्रहरी, आँधीखोला स्पोर्ट्स क्लव स्याङजा हङकङ, कास्की जिल्ला भलिवल संघ र बाग्लुङ जिल्ला भलिवल टिम सहित ४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा कास्की जिल्ला भलिवल संघलाई पराजित गर्दै आँधीखोला स्पोर्ट्स क्लव स्याङजा हङकङ प्रथम भएको छ ।
समुदायमा केन्द्रीत प्रहरी र नागरिकसँग सम्वन्धित कार्यक्रमहरुलाई व्यवस्थित, प्रभावकारी र संस्थागत तवरले अगाडि बढाउन प्रहरी प्रधान कार्यालयबाट असार २७ गते देशैभर एकैसाथ उदघाटन हुने प्रहरी मेरो साथी कार्यक्रमको प्रभावकारिता, प्रचार प्रसार तथा नागरिक सहभागितालाई वृद्वि गर्ने उद्वेश्य अनुरुप उक्त प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
















प्रतिक्रिया