काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्ग सङ्घर्षको स्वरुप परिवर्तन भएको र अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित हुँदै गएको बताएका छन् ।
पार्टी एकतापछि ‘ जनताको माओवादी जनताकै घरमा’ भन्ने अभियान लिएर जान लागेको जानकारी दिँदै प्रचण्डले भने- “अभियान अन्तर्गत सबै माओवादी नेता कार्यकर्ता तीन करोड नेपाली जनताका घरमा पुग्नेछन्, काँग्रेस वा एमालेका समर्थकका घरमा पनि पुग्दैछौँ ।”
माओवादी सम्बद्ध चार मजदुर सङ्गठनबीचको एकता सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्तवाद कमजोर बनेपछि अबको लडाइँ पुँजीपतिवर्गविरुद्ध केन्द्रित भएको टिप्पणी गरे ।
पार्टी एकतापछि ‘ जनताको माओवादी जनताकै घरमा’ भन्ने अभियान लिएर जान लागेको जानकारी दिँदै उनले भने– “अभियान अन्तर्गत सबै माओवादी नेता कार्यकर्ता तीन करोड नेपाली जनताका घरमा पुग्नेछन्, काँग्रेस वा एमालेका समर्थकका घरमा पनि पुग्दैछौँ ।”
अध्यक्ष दाहाल, रामबहादुर थापा, मातृका यादव र मणि थापा नेतृत्वको चार माओवादीबीच गत महिना एकता भएपछि उनीहरु सम्बद्ध चार मजदुर सङ्गठनबीच आज एकता भएको हो ।













प्रतिक्रिया