२६ कार्तिक २०८३, बिहिबार

महाकाली नदीमा घाट बन्द हुँदा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahakali-nadi_20150626105223बैतडी, २५ असार । बैतडीको तल्लासोराड क्षेत्र महाकाली नदीमा सञ्चालन हुँदै आएका आधादर्जन बढी घाट (नदी तर्न बनाइएको निश्चित स्थान) बन्द हुँदा सो क्षेत्रका बासिन्दालाई समस्या भएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै महाकालीमा सञ्चालनमा रहेका घाट बन्द भएपछि दैनिक किनमेल तथा कामकाज गर्न समस्या भएको हो ।

शर्मालीमा रहेको कुस्मौद घाट, महाकालीमा रहेको डिम्बरघाट र ढोयाघाट, पञ्चेश्वरमा रहेको धर्मघाट र रोलघाट, आम्चोरमा रहेको विनायक घाट र हल्दुघाट तथा रोडीदेवलमा रहेको बलाराघाट बन्द रहेको स्थानीय शिक्षक डम्मरदत्त कलौनीले जानकारी दिनुभयो ।

घाट बन्द हुँदा स्थानीयलाई भारतीय बजारमा आवतजावत गर्न असजिलो भएको छ उहाँले भन्नुभयो, “नजिक भारतीय बजार हुनाले भारतीय बजारमै आश्रित रहेका छन् ।”

यसअघि नै स्थानीय प्रशासनले ती घाट बन्द गर्न निर्देशन दिएको थियो । वर्षात्को समयमा महाकाली नदीमा पानीको बहाव बढेपछि डुङ्गामार्फत ओहोरदोहर नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै वर्षात्को समयमा कुनै पनि घाटमा डुङ्गा नचालउन निर्देश गरिएको हो ।” रासस