पोखरा । विगत लामो समयदेखि पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आइरहेकी गायिका माया केसीको पहिलो लोकदोहोरी गीत घरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ ।
मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के।सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ ।
प्रेम थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा गायक कृष्णसँगै म्युजिक भिडियोको क्षेत्रमा एकक्षत्र राज गरिरहेकी नायिका रञ्जिता गुरुङ, प्रेम सोनि र पुष्पा मल्ल देखिएका छन् । गीतमा मायापम्रेमा परेपछि घरै बिर्सिन पुगेको क्षणलाई चित्रण गरिएको छ ।















प्रतिक्रिया