पोखरा, २४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारमा बसेर त्यही सरकारको विरोध गर्नु राजनीतिक नैतिकताभन्दा बाहिरको हुने बताएका छन् ।
नेमकिपा कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार परिवर्तनमा लागिरहेको नेकपा माओवादी केन्द्रका नेतातर्फ संकेत गर्दै सरकारको काममा चित्त बुझ्दैन भने सरकारबाट बाहिरिएर विरोध गर्नु उपयुक्त हुने सुझाव दिए । माओवादीलाई चुनौति दिँदै उनले भने- ‘सक्छौं भने सरकार छाड, बाहिर हल्ला नगरौं ।’
सबै राजनीतिक दलबीच गहन छलफल गरेर मात्रै सीमाङ्कनको टुङ्गो लगाउन जोड दिँदै उनले सीमाङ्कनपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
बेरोजगारी, अशिक्षा र दाइजो प्रथाले नै मधेस आन्दोलन सुरु भएको बताउँदै विजुक्छेले मधेसी नेता खाली आफ्नो सुखसयलमा मात्रै रमाउने तर त्यसतर्फ भने ध्यानै नदिने प्रवृत्ति बढेको धारणा राखे ।













प्रतिक्रिया