२६ कार्तिक २०८३, बिहिबार

नेपालको साँचो नयाँदिल्लीमा छैन : भाजपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijaya_jolly2काठमाडौं, २४ असार । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँदिल्लीमा नभई काठमाडौंमै भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘नेपालको संविधान नेपालीले नै बनाएका हुन् ।

त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन् । मधेसीहरूले सीमा नाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होइन काठमाडौंमै खोज्नु पर्छ ।’

जोलीले नेपाल–भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिकस्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत–नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरूबाट आएका वक्ततव्य भ्रामक भएको आरोप लगाउँदै यो बेलामा त्यस्तो मतभेद उत्पन्न गर्ने कुनै पनि खाले वक्तव्यलाई अस्वीकार गर्नु पर्ने धारणा राखे ।

उनले भने, ‘भारतस्थिर, बेलियो, आत्मनिर्भर, प्रगतिशील र शान्तिपूर्ण नेपाल चाहन्छ । नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ । नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना छ ।’

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनु पर्ने भन्दै आफू भारतीय हिन्दू भएको नाताले नेपाली हिन्दूहरूसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी हुने भावना व्यक्त गरे ।

उनले भने, ‘मलाई हिन्दू हुनुमा गर्व छ । नेपालमा पनि ९० प्रतिशत हिन्दू छन् । नेपालका विभिन्न प्रदेशहरूबाट हिन्दु राष्ट्रको माग उठिरहेको छ र यहाँ नेताहरुलाईपनि यो कुरा राम्ररी थाँहा । तर यहाँ कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णयले हुने कुरा हो ।’