मुम्बई । एक मोडलद्वारा लगाएको छेडछाड अर्थात यौनहिंसाका आरोपी गायक मीका सिंहको बचावमा अभिनेत्री राखी सावन्त मैदानमा उत्रिएकी छिन् ।
राखी सावन्तले पनि पहिला मीका सिंहलाई यस्तै प्रकारको आरोप लगाई सकेकी छिन् । तर अहिले उनी मीका सिंहको बचाउमा उत्रिएकी हुन् ।
राखीले मीका सिंह निर्दोष रहेको दाबी गरेकी छिन् । ‘मीका सिंह निर्दोश छन् । उनलाई बिनाकारण बदनाम गर्न लागिएको छ’, राखीले भनेकी छिन्, ‘मीका सिंहले केही गरेका छैनन् । बिनाकारण बदनाम गरिएको छ ।’
हालै एक मोडलले गायक मीका सिंहलाई जिस्काएको अर्थात यौनहिंसाको आरोप लगाएर पुलिसमा उजुरी दिएकी थिइन् ।
‘मीका मेरो असल साथी हुन्’, राखीले भनेकी छिन्, ‘मैले पहिलो पटक मीका सिंहको आँखामा आँसु देखेको छु ।’ पुलिसले मीका सिंहविरुद्ध मोडलले लगाएको आरोपको छानविन गरिरहेको छ । ‘ – एजेन्सी















प्रतिक्रिया