१ कार्तिक २०८३, आइतबार

साठी वर्षको उमेरमा खड्काको निधन

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puran Khadkaकाठमाडौं । नेपाली ललितकला क्षेत्रका सुपरिचित कलाकार पुरन खडकाको ६० वर्षको उमेरमा निधन भएको छ ।

गंजरा ४, अछाममा २०१३ सालमा जन्मिएका कलाकार पुरन खडकाको मंगलबार बिहान ११ः३० मा मेडिकेयर अस्पतालमा असामयिक निधन भएको हो । पारिवारिक स्रोत अनुसार निमोनियाको संक्रमणबाट एक्कासि खडकाको निधन भएको थियो ।

अस्पतालसम्म आफै हिडेर पुगेका खडकालाई एक्कासि डाक्टरले आइसियुमा राखेर उपचार सुरु गरेका थिए । बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) कलाकार स्व खडकाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सयौँ कलाकार तथा शुभेच्छुकले खडकालाई श्रद्धाञ्जलि दिएका छन् । सन् १९८० मा बम्बईको जे जे स्कूल अफ आर्टबाट चित्रकलामा स्नातक गरेका खडकाले आठपटकसम्म एकल कला प्रदर्शनी गरेका थिए ।