१ कार्तिक २०८३, शनिबार

मुम्बईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai
अन्तिम संस्कारमा सहभागी मृतक जैशीका आफन्तहरु ।

– शेरबहादुर थापा

मुम्बई । एक नेपालीको मुम्बइको वोरीवलीमा हिजो दिउसो सुतेकै अवस्थामा निधन भएको छ ।

यसरी निधन हुनेमा कालेकाँडा गाविस–१, चिल्ताडा अछामका धन जैशी रहेका बताइएको छ । उनि विगत १० वर्षदेखि वोरीवली पूर्वस्थित त्रिलोक दर्शन सोसायटीमा बतौर वाचमेनको काम गर्दै आएका थिए । उन काम गर्ने नजिकै काम गर्दै आएका पदम भाटका अनुसार उनले दिउँसो खाना खाएर आराम गर्छु भनि सुतेका तर वेलुकासम्म नउठेपछि हेर्दा उनि मृत अवस्थामा भेटिएका थिए ।

ततपश्चात त्यहाँ उनका आफन्त, स्मीक मजदुर युनियनका अध्यक्ष मास्टर थापा लगायतको सक्रिय पहल कदमीमा उनको शवलाई वोरीवली पश्चिम स्थित भगवती हस्पिटलमा पोस्टमार्टमकालागि लगिएको र उनको आजै अन्तिम दाहसंस्कार समेत गरिएको बताइएको छ ।

दाहसंस्कारमा मृतकका आफन्तहरु लगायतको सहभागीता रहेको थियो । उता मृतक जैशीले काम गर्ने सोसाइटीबाट क्रिया खर्च स्वरुप केहि रकम समेत आफन्तलाई उपलब्ध गराइएको छ भने मृतकका श्रीमती नेपालबाट आइपुगेपश्चात अरु क्षतीपुर्ती दिलाइने युनियनका अध्यक्ष मास्टर थापाले बताए ।