मुम्बई । बलिउड अभिनेत्री करिना कपुर आमा बन्न लागेको समाचार बाहिरिएको छ । उनका पति एवं अभिनेता सैफअली खानले यो कुरा पुष्टि गरेका छन् ।
यसरी आमा बन्ने भएपछि उनी केही अघिबाटै आराममा बसेको पनि सैफअलीले प्रकाश पारेका छन् । ‘पछिल्लो समय उनले फिल्म स्वीकार नगर्नुका कारण पनि आमा बन्न लागेकाले नै हो’, सैफले भने ।
यसै प्रसँगमा सैफअलीले भने, ‘तपाईहरु सबैको आर्शीबाद र साथको लागि धन्यबाद, डिसेम्बरमा हाम्रो पहिलो सन्तानको यो धर्तीमा आगमन हुनेछ भन्ने खबर सुनाउन पाउँदा मलाई खुसी लागेको छ र मिडियालाई पनि सम्मानित व्यबहार एवं यो बिषयको धर्यताको लागि धन्यबाद ।’
सन् २०१४मा सैफअली करिनाको विवाह भएको थियो । त्यसपछि फिल्ममा फर्किएकी करिनाले बजरंगी भाइजानसहित केही फिल्म खेलेकी थिइन् । अब आमा बन्ने भएपछि फेरि उनले फिल्म छाडेकी छिन् । – एजेन्सी















प्रतिक्रिया