वाशिंगटन डिसी । अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित शहर बाल्टिमोरकि युवा नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोरस्थित नेपालीद्वारा संचालित लुम्बिनी चमेना गृहमा भ्रमण गरी नेपाली समुदायका बारेमा चासो राखेकी छिन् ।
बुधबार एक दिवा भोजनको साथै नेपाली समुदायसंग राखिएको भेटघाट कार्यक्रममा बेल्कले नेपाली समुदायका बिबिध बिषयमा सोधपुछ गरेकी उक्त चमेना गृहका संचालक नारायण थापाले जानकारी गराएका छन् ।
नगर प्रमुख ब्लेकको चमेना गृह अवलोकन तथा भ्रमणको शिलशिलामा लुम्बिनी भोजनालयले दिवा भोजनको समेत व्यवस्था गराई नेपाली समुदायका केही ब्यापारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख स्टेफेनी बेल्कले नेपाली समुदायको उक्त क्षेत्रमा रहेको व्यवसाय, बिक्री ,नेपालीहरुको अवस्था बारेमा जानकरी लिएकी थिइन ।
















प्रतिक्रिया