१ कार्तिक २०८३, शनिबार

बाह्र वर्षपछि पोर्चुगल युरोकपको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_90312676_ronaldo_epaपेरिस, २३ असार । वेल्सलाई हराउँदै पोर्चुगल फ्रान्समा जारी युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनल प्रवेश गरेको हो । पोर्चुगललाई फाइनलसम्म पुगाउन क्रिष्टियानो रोनाल्डो र नानी नायक बने ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै पोर्चुगल फाइनल पुगेको हो ।

खेलको ५० औँ मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ५३ औँ मिनेटमै नानीले पोर्चुगलको अग्रता दोब्बर पारे ।

बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पोर्चुगल २–० ले विजयी हुँदै १२ वर्षपछि युरोकप फुटबलको फाइनल पुगेको हो ।

पोर्चुगलले उपाधिका लागि फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्नेछ । – एजेन्सी