२९ आश्विन २०८३, बिहिबार

जो समाजसँग जुध्न सके

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurab-tripathiसमाजमा सायदै यस्ता मानिसहरू भेटिन्छन् जो जीवनमा आइपरेका अनेकौ समस्याहरूसगँ जुध्ने साहस गर्दछन् ।

यस्तै धेरै समस्याहरूसगँ जुध्न बानी परेकी एक उदाहरणीय महिला आफ्ना चुनौतीहरूबाट पाठ सिक्दै समाज परिर्वतनकी संवाहक बनिरहेकी छिन् ।

सल्यान जाने क्रममा एक जना करिव ५० वर्ष उमेरकी अधवैशे महिलासगँ मेरो भेट भयो । त्यो पनि सल्यानबाट पोखरा आउने सवारी साधन नपाएपछिसँगै जाने भनेर ती महिला मसँगै पोखरा हिँडेर जाने प्रस्ताव राखिन तर म एक छिन दोधारमा परे अलि छोटो बाटो पोखरा जाउँ भन्ने लागेको थियो तर उनीसँगै जाने भन्दिए ।

मेरो आफ्नो काम सल्यान स्वास्थय चौकीमा सकेर म उनको घरतर्फ हानिए अनि सोँधे ती महिलाको घर कुन हो भनेर उनीले बनाउँदै राखेको वाटोको एउटा घर नजिक मेरो घर छ त्यह कुरेर बस्छु भनेकी थिइन् । म उनको घर नजिक आइरदा पनि उनको घरमा गएरसँगै जाऔँ भनौँ की नभनौँ भनेर सोँचिरहेको थिए ।

एक मनले भन्यो सँगै जाने भनेर बचन दिइसकेपछि त्यसो गर्नु हुँदैन भनेर उनको घर गए र सोँधे उमा गुरुङको घर कुन हो भनेर । उनी मलाई नै कुरेर वसेकी रही छन् । उनीसँगै पोखराका लागि हामी पैदल हिँड्यो । वाटो वनाउँदै गरेकाले धुलै धुलो वाटोमा उनी आफ्ना गफ गर्न थालिन र मलाई सुनाइन उनी किन पोखरा जान लागेको भनेर म उनका कुरा गर्ने शैली देखेर अचम्म मानेर सुनिरहे ।

उनी भन्दै थिइन् अस्ती मात्र सल्यानमा १२ जान पत्रकार र २०–२५ जना विदेशी पर्यटक गाउँमा आएका रहेछन् । उनीले आफ्नै घरमा सवै पाहुनालाई राखेकी रहिछन् । उनले भनिन् भोलि वद्रिया जानु छ त्यहाँको होमस्टेको अवोलोकन गर्न भनिन् । घरमा के के वस्तु भाउँ पाल्नु भएको छ ? उनको जवाफ थियो सवै (गोरु भैसी वाख्रा र कुखुरा) घरमा त्यो कस्ले हेर्छ त भनि सोधे छोरी जुवाईले हेर्नु हुन्छ भनिन् । घरमा तीन जना छोरी र एउटा छोरा छ त्यो पनि सवै आ–आफ्नै ठाउँमा गएका छन् । मलाई अच्चम लाग्यो कसरी आ–आफ्नै ठाउँमा गए ? के भन्न खोजेको होला भनेर फेरि सोधे आ–आफ्नै ठाउँ भन्नाले ? छोरीहरू सवै विवाह भएर गएका रहेछन् अनि छोरा पैसा कमाउन मलेसिया गएका रहेछन् ।

पहिले पहिले त श्रीमान् घरमा आउने गर्थे जब देशमा जनयुद्ध सुरु भयो त्यसैवेलादेखि उनको जीवनमा पनि संघर्ष सुरु भयो । तीन छोरी र एक छोरा जन्माएपछि अर्को विवाह गरेर उनका श्रीमान् बसेका छन् । त्यो कुरा थाहा पाएपछि उमा छागावाट खसे जस्ती भइन् । घरमा आर्थिक संकट पर्दै गयो । छोराछोरीको पालन पोषणसँगै शिक्षादीक्षा दिन धौ भयो । आम्दानीको कुनै स्रोत नभएपछि उमा कमाई धरै हुने ठाउँमा जाने मनमनै कल्पना गर्न थालिन् । त्यसपछि पैसा कमाउन सिंगापुर जाने तयारी गरिन् ।

विदेश यात्रा पक्कै पनि सहज थिएन । वाध्यताले उनी विदेश पलायन भइन । छ महिना नवित्दै उनी सिंगापुरबाट घर फर्किइन् । नेपााल त फर्किइन् तर ऋणको बोझमा सन्तान पाल्न झन समस्या भयो । दलाले पैसा पनि दिएन ।

यस्तै क्रममा वढ्दै गरेका छोरीहरूको पनि विवाहा गर्ने वेला आयो आफू विदेश जादा लागेको ऋण त तिर्न नसकेका वेला कसरी छोरीहरूको विवाहा गर्ने भन्ने पिरलो थपियो । माइतीको केही सहयोगमा तीन वटै छोरीहरूको विवाहा गरिन् । छोरालाई पनि राम्रोसगँ पढाउने काममा उनी तल्लीन रहिन् । खेतीसँगै उनले केही सिपहरू सिक्न थालिन् । छोरीहरूको विवाहा गर्दाको दुःख र छोरा पढाउँदाको आपतमा उनले आफ्नो श्रीमानलाई सम्झीरहन्थिन् ।

छोरीहरूको घर विग्रिएर माइत फर्केपछि पीडामा पीडा थपियो उमाको जीवनमा । उनलाई लाग्यो भगवान पनि उमाका लागि छैन जस्तो । दुःख सबै आफ्नै भागमा मात्र रहेछ की भनेर उमा छागाबाट खसे जस्तै भइन् ।

जस्ले उनलाई पीडा मात्र दिइरह्यो । उनी रातभर सुत्न नस्क्ने भइन् तर उनी हिम्मत भने हारिनन् । गाउँमा उनले विस्तारै समाजको सामाजिक काम र विकास निमार्णका कामहरूमा सक्रिय बन्दै गइन् । आफ्नै घरमा होमस्टे संचालन गर्न थालिन् ।

सडक निमार्ण होस् या स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र होस् या पर्यटन क्षेत्र सवै ठाउँमा विस्तारै उनले आफ्नो सक्रियता वढाउँदै गइन । उनी समाजमा सक्रिय रहेपनि उनका पीडाले झस्काइरहेको हुन्थ्यो । होमस्टेसँगै उनको व्यापार पनि फस्टाउँदै गएको छ । जीवनका रङहरूले पुनरागमन गर्न थाल्यो । घर विग्रिएका छोरीहरू फेरि वैवाहिक सम्वन्धमा गाँसिएका छन् ।

छोरो पनि एसएलसी पास भयो र उच्च शिक्षा पढ्न पोखरा आयो । आफ्नो जीवनमा परेका दुःखले उनी समाजमा अगुवा महिला वन्न र अरुलाई अधिकारका कुरा समेत सिकाउन सक्ने भएकी छन् । आजभोलि दैनिक रुपमा उनको घरमा पाउहुनाहरू आउने गरेका छन् । पर्यटन क्षेत्रमा लागे पछि उनको आम्दानी पनि राम्रै भएको छ र लागेको ऋण पनी विस्तारै सक्न थालेकी छन् ।