दाङ । दाङमा छायांकन भएर पहिलो पटक उच्चकोटीको प्रविधिसहित ठूलो बजेटमा निर्माण हुन लागि रहेको चलचित्र पर्शुरामले गाउँदेखि शहरसम्म चर्चा पाएको छ ।
साउन महिनामा रिलिजको तयारी गरिएको चलचित्र पर्शुरामको फस्टलूक सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको हो । नेपाली चलचित्र पनि अन्य देशका चलचित्रभन्दा कम हुँदैनन् भन्ने छाप छोड्ने विश्वाससहित निर्माण गरिएको पर्शुरामको दाङमा गाउँगाउँ, शहर सबैतिर व्यापक प्रचारप्रसार गरिएको छ । दाङमा सुटिङ भएका कारण सबैको जनबोली बनेको पर्शुरामको पोस्टर निर्माणपक्षले चारैतिर पुगााएको छ ।
व्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन युवा निर्देशक एनआर घिमिरेले गर्नुभएको छ ।
पोष्टप्रोडक्शनको अन्तिम तयारीमा रहेको पर्शुरामको प्रचार प्रसारका लागि निर्माण पक्ष देशव्यापी दौडाहा लगाउने योजना सहित अगाडि बढेको छ ।
चलचित्रका कार्यकारी निर्माता सविन प्रियासन जिल्लाका चर्चित सञ्चारकर्मी पनि हुनुहुन्छ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार समेत रहनु भएका प्रियासनको देश, विदेशमा राम्रो दखल भएकाले पर्शुरामको प्रचारप्रसारमा कुनै कमि नआउने निर्माण पक्षको भनाई छ ।
चलचित्रमा यादव सैघाली, महेन्द्र बुढाथोकी, राजभक्त राना, पारश बस्नेतलगायतको लगानी रहेको छ । चलचित्रमा एक करोडको लागनी निर्माण पक्षको दाबी छ ।















प्रतिक्रिया