वाशिंगटन डिसी । दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को एटलांटा सम्मेलन ६ बुँदे घोषणासहित सम्पन्न भएको छ ।
गत जुलाई १ देखि ४ तारिखसम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा, नेकपा (एमाले)का सांसद रबिन्द्र प्रसाद अधिकारी, कार्यक्रम प्रस्तोता भुषण दाहाल आएका थिए ।
कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले गरेका थिए । तीन दिनसम्म चलेको उक्त सम्मेलनमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नेपाल फोरम, बिबिध विषयका संगोष्ठी, भेषभुषा प्रदर्शन, प्रतिभा प्रतियोगिताहरू रहेका थिए ।
अन्तिम दिन साधारण सभाले ६ बुँदे एएनए घोषणा गर्दै यस बर्षको एएनएन सम्मेलन सम्पन्न गरेको छ ।
संस्थाको तर्फबाट नेपालबाट आएका विशेष अतिथिहरुमा गगन थापा, रबिन्द्रप्रसाद अधिकारी, पत्रकार जय निशान्त तथा भुषण दाहाल तथा राजदूत डा अर्जुनकुमार कार्कीलाई सहभागिता जनाएकोमा बिशेष धन्यवाद दिएको छ ।
दोश्रो, एएनए का सदस्य तथा रोजर अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यकारी समितिले समस्यामा जकडिएको संस्थालाई पुनर्स्थानमा ल्याउन सकेकोमा धन्यबाद दिएको कुरा छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
तेश्रो, एएनए भकुण्डो बिजेता टोलीलाई २०१७ मा नेपालमा हुने खेलकुदमा सहभागी गराइने भएको छ । चौथो अर्को वर्ष एएनए कार्यकारी समितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समितिको गठन गर्दै डा शैलेन्द्र शुक्ला सभापति, नवीन दत्त उपसभापति तथा अनिल पाठक सदस्य रहेको समिति घोषणा गरिएको छ ।
पाँचौ २०१७ मा एएनए सम्मेलन म्यारिल्याण्डको बाल्टिमोरमा हुने घोषणा सहित वर्तमान समितिले स्थानीय संघ तथा संस्था सन् सहकार्य गर्ने विषयमा काम गर्ने बताइएको छ ।
छैठौ एएनए एटलांटा सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा नासा, आन्मा, बाना, आरएमएफएन, अन्य संघ तथा संस्था तथा प्रतिनिधिलाई धन्यबाद दिएको छ ।
















प्रतिक्रिया