२९ आश्विन २०८३, बिहिबार

आफैले आफैलाई चिन्न नसक्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bb-Shresta

मैले के बुझेँ भनेँ, जति सम्पत्ति भएपनि त्यसले मलाई अजम्बरी राख्न सक्दैन । जति नै उपचार गरे पनि मृत्यृको ओखती नै हुँदैन । एकदिन यहाँवाट जानैपर्दछ । संगीतको क्षेत्रमा अब्बल गायक, संगीतकार, गीतकार स्व. अम्वर गुरुङ्गको यो भनाइले मनमा छोयो । प्रस्फुटनको माध्यमबाट यो आत्माले निरन्तर खोजिरहेको परिभाषामा मल्हम लगाउने यो अभिन्न अनुच्छेद बन्यो । कँही कँही जीवनको यथार्थताको खोजीमा रहेको मेरो आत्माले राहतको महसुस गरिरहेको आभास भइरहेको छ । विभिन्न चरणको भोगाईलाई आत्मासात गरेर जीवन्तता खोजेको पलमा यो अस्त्र अचुक बनिदियो । जुन जीवनमा थप प्रेरणाको स्रोत बनिरहनेछ ।

हरेक वाटो र घुम्तीहरुले पनि गिज्याए जस्तो मात्र लाग्न थालेको छ । संसारको सामाजिक प्राणीको उपमा पाएको मानव जातिको लागि हाँस्ने जोकर बनेको आभास हुँदैछ । निर्मल, स्वच्छता हावा र पानीले पनि मेरो गतिविधिलाई नियालेर गिजोलिरहेको छ । बाटोको मुनि रहेको मकैको बोटले पनि लाजले शिर नुहाएको । फुलिरहेको फुल पनि मलाई देखेर अर्कोतर्फ मुन्टो फर्काएको छ ।

पाइलाका गतिले फरकपन खोजिरह्यो । आत्माबाट नै स्वचालित सोच बिचारलाई मस्तिष्क हुँदै पाइलामार्फत मुखतरित हुँदै थियो । बिगतदेखिको पाइलामा ठेस लागेको अनुभुतिलाई पुनः त्यही बाटोमा हिँडाएर भोलिका दिनमा थप पीडा सह्य हुन सक्ने अब भएन । समान्य अवस्था भन्दा फरकपनमा नै सोचमा आएको परिवर्तनलाई थप मलजल गरेर अगाडि बढ्नु ठूलो चुनौती नभएता पनि सहज थिएन । जुन बिगतदेखिको परिणाम थियो । त्यसलाई त्यही अबस्थावाट परिवर्तनउन्मुख बनाउनु भनेको फेरि पनि त्यही गतिमा लाग्नु नै थियो । नचाँहिदो तवरले पाइलाहरु ढलपल ढलपल अवस्थामा गुज्रिरहेको थियो । काँपिरहेको थियो । चाहिरहेको थिएन, नयाँ गोरेटो कोर्न, जोखिम उठाएर भूमिका खोज्न । यद्यपि कुनै विकल्प थिएन । हिड्ने पाइलाहरुले अटेर गरिरह्यो । पथहरु मस्तिष्कमा पुगेर थप जोखिमहरु बन्न थाले । बाटोका धुलोहरु पनि नयाँ पाइलाहरु देखेर अचम्मले मुखामुख गरिरहेको थियो । लाग्दथ्यो कि अव भूकम्प गएर सत्यानाश हुनेछ । वातावरणको त्यो अचम्मीपनले सवैलाई गिजोलेको थियो । हावाको त्यो कम्पनले हिँड्ने बाटो मोड्न प्रयासरत छ । मनको त्यो आत्माले अगाडि बढ्न प्रेरित गरिरहेको छ । सँधै अर्कामा नै रहने परआश्रितको स्वरुपले साँच्चैको मननै छिया–छिया भएको छ । उही समाज, उति परम्परा, उही व्यक्तिहरुको जमातमा रहेर नयाँपनको सोच र त्यसको कार्यान्वयन सहज हुँदैन । त्यही वातावरणीय प्रभावमा रम्ने हामी निरन्तरतामा नै दौडिरह्यौ । मौनतामा पनि साँच्चै आनन्द हुने रहेछ । बोलिरहनुमा पनि साँच्चै आनन्द हुने रहेछ । यही विरोधाभास जीवनको विभिन्न कालखण्डमा परिवेश अनुसार सुहाउने र मिल्ने विरोधाभासहरु हुनेरहेछ । जुन समय र परिस्थिति अनुसार यसको मार्मिकतामा रमाउन सकिने रहेछ । जुन हामीमाझ जल्दोबल्दो टडकारो बनेर देखिरह्यो । नदीमा धेरै पानी बगिसकेको छ, अन्तर आत्मामा सोधिरहेको छ आखिर को हो त म ? यही प्रश्न बारम्बार आइरह्यो । यहीबीचमा धेरै ऋतुहरु बितिसके । नाजवाफ आफैलाई नचिन्दाको परिणाममा विभिन्न ठक्कर, हण्डरका वावजुद, आफू अनुकुलताको व्याख्यतामा रम्न बाध्य वनिरह्यौ । अनुकुलतामा हाँस्ने, प्रतिकुलतामा अरुलाई दोष देखाउने परिपाटीले जीवनमा प्रश्रय पाइरहयो त्यसैलाई बोकेर अभिशप्त जीवन बोकिरह्यौँ । सधै प्रश्न मात्र सोधिरह्यौ, उत्तर अरुबाट नै आशा गरिरह्यौ । तर कहिल्यै आफै खोज्न अग्रसर बनेनौ । सहजतामा इमान्दारिता र नैतिकता भुल्ने हामी प्रतिकुलतामा भने स्वाभिमान, नैतिकताका रटान लगाउन कहिल्यै चुकेनौँ । यही नै हाम्रो लागि अभिशाप बनिदियो । साथीले पुस्तक पढ्न माग्नुभयो, मैले भने तपाई पुस्तक पढ्न सक्नुहुन्न । किन प्रश्न आयो । सतही पढाईले विषयको न्यायतालाई समेटन सकिँदैन । त्यही सतही पढाई जसरी नै जीवन पनि सतही विश्लेषण र भोगाईमा चलिरह्यो । त्यसको गहिराईलाई नाप्ने कोशिष गरेनौँ । त्यसको यथार्थतामा जुध्ने चेष्टा गरेनौँ । त्यसैगरि आफूले आफैलाई पनि बुझने प्रयास गरेनौँ । कहिल्यै सोच्ने फुर्सद नै भएन । आफूलाई को हो भनेर चिन्ने भन्दा पनि अर्काको खुट्टा तान्न अग्रसर भइरह्यौ । अहिले लाग्न थालेको छु, कति होला संसारमा आफैले आफूलाई चिन्ने प्रयत्न गर्नेको संख्या । फगत यो सबै सोचाई जीवनको प्रतिकुल अवस्थामा मात्र विशेषगरि स्थान पाइरहयो, न कि सँधैभरि । हरेक पलमा यसको उपस्थितिले जीवन कस्तो बन्थ्यो होला, कल्पनामा मात्र केही पलको पाहुना मात्र बनिरह्यो ।

हरेक बाटो र घुम्तीहरुले पनि गिज्याए जस्तो मात्र लाग्न थालेको छ । संसारको सामाजिक प्राणीको उपमा पाएको मानव जातिको लागि हाँस्ने जोकर बनेको आभास हुँदैछ । निर्मल, स्वच्छता हावा र पानीले पनि मेरो गतिविधिलाई नियालेर गिजोलिरहेको छ । बाटोको मुनि रहेको मकैको बोटले पनि लाजले शिर नुहाएको । फुलिरहेको फुल पनि मलाई देखेर अर्कोतर्फ मुन्टो फर्काएको छ । मन्दिरमा गएर बोकाको बली दिएर जीवनभर पाप गरेर धर्म कमाउने मेरो अभिष्ट देखेर भगवान सम्झेर पुजा गर्ने मन्दिर पनि रिसाएको आभास भएको छ । बाँच्नका लागि श्वासप्रश्वासमा महत्वपूर्ण भूमिका खेल्ने हावा पनि मेरो समिपवाट टाढा भाग्न आतुर छ । जीवनको यथार्थतामा बाँच्न प्रेरित गर्ने यी मानव दृष्टिका लागि निर्जिव वस्तुहरु मेरो भूमिकामा असहमत भएता पनि त्यसको विपरित समाजको समाजिक प्राणी भनाउँदाहरु भने मेरा गतिविधिमा हाँसिरहेका छन् । नापिरहेका छन् । म भने त्यही दृश्चर्कमा आफूलाई फसाउँदै माथि उठेको अनुभुति गरिरहेको छु । वातावरणीय प्रभाव सरि छिनमा हाँस्ने र छिनमा रुने रंगमंचमा आफुलाई अग्रसर वनाउँदै छु । आफूलाई चिन्ने प्रयत्न गर्नु भन्दा अरुको परिचयमा रम्न अभ्यस्त बनिरहेको छु । परनिर्भरताको कसीमा आफूलाई उभ्याउन कम्मर कसेर लागेको छु । कर्म गर्न छाडेर यथार्थमा गरेको गल्तीलाई ढाकछोप गर्न मन्दिरको मझेरीमा बसेर भगवान सामु स्वार्थी सफल जीवनको भीख मागिरहेको छु । मानवीय मुल्य मान्यतालाई लत्याएर भौतिकवाद र आर्थिकवादमा आफूलाई समर्पण गरि आफूलाई नै चिन्न प्रयत्न नगरी आफैलाई भुलिरहेको छु ।