१ कार्तिक २०८३, आइतबार

सुल्तान रिलिज हुनुअघि सलमानलाई लाग्यो ठूलो झट्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khan

मुम्बई । अहिले सलमान खानको चर्चा जताततै छ । कारण हो उनीद्धारा अभिनित फिल्मको प्रदर्शन । भोलि उनको फिल्म ‘सुल्तान’ संसारभर प्रदर्शन हुँदैछ ।

नेपालमा पनि अहिलेसम्मकै महंगो मूल्य ३ करोड २० लाख तिरेर उक्त फिल्म भित्र्याइएको छ । अधिकांश ठूला हलले सुल्तानलाई पूरा समय उपलब्ध गराउने भएका छन् ।

फिल्मको चर्चा भइरहँदा सलमानलाई झट्का लाग्ने अर्काे खबर पनि प्राप्त भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको १७ साल पूरानो हिट एण्ड रन केश हाइकोर्ट (सर्वाेच्च अदालत)मा पुगेको छ ।

तल्लो अदालतले घटनामा उनको संलग्नता नदेखिएको भन्दै सफाइ दिएपनि सलमानविरुद्ध महाराष्ट्र सरकारका तर्फबाट गरिएको अपील सर्वाेच्च अदालतले सुनुवाईका लागि स्वीकार गरेको छ ।

सलमानलाई बाम्बे हाइकोर्टले सफाई दिएको थियो । यो फैसलाविरुद्ध महाराष्ट्र सरकार सर्वाेच्च अदालत पुगेको हो । महाराष्ट्र सरकारले यो मुद्दाको सुनुवाई फास्ट ट्रयाकमा सुनुवाई गर्न अनुरोध पनि गरेको छ । सर्वाेच्च अदालतका न्यायधीश जे एस खेहरले सलमानविरुद्धको महाराष्ट्र सरकारको अपील स्वीकार गर्दै यो मुद्दाको फैसला प्रधानन्यायधीशले गर्ने बताएका छन् ।

२००२ सालमा भएको हिट एण्ड रन केशमा मुम्बई सेंशन कोर्टले मे २०१५ मा सलमानलाई ५ वर्षको जेल सजायँ सुनाएको थियो तर, बाम्बे हाईकोर्टको डिसेम्बरमा सलमानलाई सफाई दिएको थियो ।