एटलान्टा । अमेरिकाको एटलान्टामा सम्पन्न मिस तथा मिस्टर एएनएन २०१६ को उपाधि प्रतिस्ना थापा र तथा आशिष श्रेष्ठले जितेका छन् ।
सन् २००८ देखि बाल्टिमोर एएनए सम्मेलनदेखि सुरुवात भएको एएनएन फेशन एक्स्ट्राभेगंजा नामक कार्यक्रममा बिशेष आकर्षण रहदै आएको छ ।
पुरुष ६ र महिला ६ गरी १२ जना प्रतिस्प्रधी सहभागी भएका थिए ।
प्रतिस्पर्धीहरुमा क्रमशः आशिष श्रेष्ठ, अभिषेक श्रेष्ठ, अलिना नेउपाने, जेनिशा चन्द, निदार्शाना, निरज कर्माचार्य, प्रतिस्ना थापा, रोजन खत्री, रायन श्रेष्ठ, श्रद्धा उप्रेती “शर्मा”, शिर्पा शाक्य र विवेक श्रेष्ठ प्रतिस्पर्धी रहेका थिए ।
फेशन एक्स्ट्राभेगंजा प्रतियोगितामा पहिलो चरणमा ६ बाट तीन–तीन जना छनौट गरी अन्त्यमा मिस र मिस्टर नेपाल छनौट गरिएको थियो ।
















प्रतिक्रिया