१ कार्तिक २०८३, आइतबार

अमेरिकन कन्भेन्सनमा न्युयोर्क नेपलिज क्लब बिजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ny– विजय थापा

वाशिंगटन डिसी । लस एन्जेलसमा भएको प्रथम नेपलीज अमेरिकनको सम्मेलनको खेलकुद अन्तर्गत मंगलबार सम्पन्न भएको अन्तिम चरणको पुरुष भकुण्डो प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी भएको छ ।

उक्त प्रतिस्पर्धामा न्युयोर्कको प्रसिद्ध फुटबल टोलिले बाल्टिमोरका सशक्त भकुण्डो टोलि बाल्टिमोर एथलेटिक क्लबलाई ५ गोलका बिरुद्ध शून्यले हराउदै नेपलीज अमेरिकन कन्भेन्सनको प्रथम स्थान हासिल गरेको छ ।

लस एन्जेलसको आर्कसिया क्षेत्रको मैदानमा भएको रोचक तथा प्रतिस्प्रद्धात्मक प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लबले बिजयी हासिल गर्दै नगद ५ हजार डलर प्राप्त गर्ने भएको छ ।

बाल्टिमोरका भकुण्डो टोली उपबिजेता बन्दै २ हजार डलर नगद तथा पदक पाउने भएका छन । भकुण्डो प्रतियोगितामा अमेरिका भरका ११ वटा समुहले भाग लिएका थिए । पुरस्कार वितरण आज समापन समारोहमा वितरण गरिने जानकारी युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले जानकारी गराए ।

युनाइटेड नेप्लिज एसोसिएसनको आयोजना प्रथम नेपलीज अमेरिकन कन्भेन्सन गत जुलाई २ देखि ४ सम्म रहनेछ ।