भैरहवा । आगामी असार २९ गतेका दिन परेको आदीकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीलाई भब्य रुपमा मनाउने गरी सिद्धार्थ साहित्य परिषदले तयारीलाई तिब्रता दिएको छ ।
आदीकवि आचार्यको साहित्यीक तथा सामाजिक योगदानको सम्झना स्वरुप परिषदले विगतका वर्षमा भन्दा यस वर्ष भानु जयन्तीलाई अझ भब्यता दिने निर्णय सहित परिषदको १३ औं बैठक पश्चात तयारीलाई तिब्रता दिएको हो ।
परिषदले सोही अवसरमा सिद्धार्थ साहित्य परिषदद्धारा प्रदान गरिने विभिन्न राष्ट्रिय स्तरका पुरस्कारकोलागी छनौट भएका साहित्यकारहरुको नाम समेत सार्वजनिक गरेकोछ ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको सभापतित्वमा बसेको बैठकले सिद्धार्थ साहित्य पुरस्कार, २०७२ वरिष्ठ कवि अजम्बरध्वज खातीलाई प्रदान गर्ने पुरस्कार मूल्यांकन समितीको निर्णलाई अनुमोदन गरेको छ । यसैगरी सकला सिद्धार्थ वाङ्ग्मय पुरस्कार— २०७२ कथाकार रुद्र ज्ञवालीको कथा संग्रह पात्रहरु लाई प्रदान गर्ने, टेक बहादुर पन्थी स्मृती सिद्धार्थ साहित्य पुरस्कार — २०७२ प्रा.डा. कपिलदेव लामिछाने लाई प्रदान गर्ने र बिष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार — २०७२ आख्यांकार बनमाली निराकार र साहित्यकार सोनु गुरुङ्गलाई प्रदान गर्ने मूल्यांकन समितीको सिफारिशलाई अनुमोदन गरेको हो । यसैगरी सिद्धार्थ साहित्य सम्मान — २०७३ बाट कृष्णनारायण मिश्र भैरहवा, भीम प्रसाद लामिछाने भैरहवा, महेश्वर प्रसाद श्रेष्ठ, बुटवल, भगवती अर्याल पाण्डे नवलपरासी, रुद्र दुखी पड्सरी लाई सम्मान गरिने निर्णय भएको परिषदका उपाध्यक्ष
रामबहादुर श्रेष्ठले जानकारी गराए ।
परिषदले प्रदान गर्ने पुरस्कारहरुको छनौटकोलागी वरिष्ठ समालोचक बालकृष्ण भट्टराइको संयोजकत्वमा मूल्यांकन तथा पुरस्कार सिफारीश समित गठन गरिएको थियो । जसको सदस्यहरुमा कथाकार तथा परिषदका निवर्तमान अध्यक्ष विजय सागर, परिषदका उपाध्यक्ष राम बहादुर श्रेष्ठ, पत्रकार चेतन पन्त, साहित्यकार ज्ञानदेव हटुवाल र सिद्धार्थनगर पालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतम रहेका थिए । मूल्यांकन तथा छनौट समितीले विभिन्न पुरस्कारकोलागी छनौट गरी पठाएको नामलाई परिषदको १३ औं बैठकले अनुमोदन गरेको परिषदका सचिब नरेश के.सी.ले जनाए ।
यसैबीच सोमबार भानु जयन्ती तयारी सम्बन्धमा सिद्धार्थ साहित्य परिषद र सामुहिक विद्यालय परिवारको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले भानु जयन्तीलाई विगतका वर्ष भन्दा उल्लासमय तरिकाले मनाउन संयुक्त रुपमा भानुजयन्तीको आयोजन ागर्ने पनि निर्णय गरेको छ । बैठकमा परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, उपाध्यक्ष रामबहादुर श्रेष्ठ लगायतको उपस्थिती थियो भने सामुहिक विद्यालय परिवारको तर्फबाट निवर्तमान अध्यक्ष गोकुल पोखरेल, अध्यक्ष राजेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो । यसैबीच भानु जयन्तीकै अवसरमा सामुहिक विद्यालय परिवारले प्रदान गर्ने युवा प्रतिभा पुस्कार र सामुहिक साहित्यीक पुरस्कारकोलागी सामुहिक विद्यालयले उचीत स्रष्टा छनौट गर्ने र सो पुरस्कार भानुजयन्तीकै दिन प्रदान गर्ने सामुहिकका अध्यक्ष राजेन्द्र घिमिरेले जनाए ।
गत साल भानु जयन्तीमा बाजागाजा सहित भएकोमा यस वर्ष थप झाकिं र विभिन्न कार्यक्रम सहित नगरमा रयाली समेत गर्नेगरी तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । आयोजक सिद्धार्थ साहितय परिषद र सामुहिक विद्यालय परिवारले रुपन्देहीका सम्पुर्ण सामाजिक संघसंस्था एवं साहित्यीक संघसंस्था र पेशागत संघसंस्थालाई भानुजयन्तीमा सहकार्य गर्नेगरी सहभागी हुन आह्वान समेत गरेको छ ।















प्रतिक्रिया