काठमाडौं, २० असार । बेलायतमा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।
सोमबार आइसीसीका प्रतिनिधि राजु बैंकटपति, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले १५ सदस्यीय खेलाडीको छनोट गरेको हो ।
टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र खड्का, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, बिक्रम सोश, राजु रिजाल र राजेश पुलामी मगर परेका छन् ।
जुलाई ११ मा बेलायत प्रस्थान गर्ने नेपाली टोलीले आउँदो जुलाई १९ मा लण्डनमा हुने म्यार्लेबोन क्रिकेट क्लबसँग खेल्ने छ ।
















प्रतिक्रिया