१ कार्तिक २०८३, शनिबार

यूरो कपको सेमिफाइनलमा आयोजक फ्रन्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

160703212123_france_iceland_624x351_getty_nocreditपेरिस,। २० असार । आयोजक राष्ट्र फ्रान्सले युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स नयाँ कीर्तिमानसहित सेमिफाइनल प्रवेश गरेको हो ।

आइतबार राति भएको युरो कप फुटबलको क्वाटरफाइनलमा फ्रान्सले आइसल्याण्डलाई ५–२ गोल अन्तरले हराउँदा सेमिफाइनको यात्रा तय गरेको हो ।

फ्रान्सले आइसल्याण्डलाई हराउँदा पहिलो हाफमै ४ गोल गरेर युरो कप फुटबलमा नयाँ इतिहास बनाउन सफल भयो । योसँगै फ्रान्स पहिलो हाफमै चार गोल गर्ने पहिलो टोली बनेको छ ।

अहिलेसम्म युरो कप फुटबलमा कुनै पनि टोलीले पहिलो हाफमा चार गोल गर्न सकेका छन् ।

आइसल्याण्डविरुद्ध पहिलो हाफमा फ्रान्सले चार गोल गर्दै अहिलेसम्म कुनै टोलीले बनाउन नसकेको नयाँ कीर्तिमानी बनायो ।

फ्रान्सका लागि पहिलो हाफमा ४–० को अग्रता दिलाउन १२ औं मिनेटमा ओलिभर जिराउड, २० औँ मिनेटमा पोग्वा, ४२ औँ मिनेटमा दिमिट्री पेयट र ४५ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । – एजेन्सी