२६ कार्तिक २०८३, बिहिबार

‘सहमति खोज्ने हो भने राष्ट्रिय एजेण्डामा छलफल गरौँ’

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar Pokharelकाठमाडौं, २० असार । सत्तारुढ दल नेकपा (एमाले)का नेता शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूका वीच राष्ट्रिय एजेण्डामा छलफल हुनु आवश्यक रहेको बताउनुभएको छ ।

नेता पोखरेलले सामाजिक सञ्जालमा आज बिहान ट्वीट मुलुकका लागि राष्ट्रि सहमति खोज्ने हो भने राष्ट्रिय एजेण्डामा छलफल गर्नुपर्ने बताउनुभएको हो ।

दोस्रो ठूलो सत्तारुढ दल नेकप (माओवादी केन्द्र)ले आफ्नो नेतृत्वमा सरकार बनाउन दबाब दिन एमालेसँग भएको नौँ बुँदे सहमति कार्यान्वयनको कुरा ल्याएपछि नेता पोखरेलले सहमति खोज्न दलहरूवीच राष्ट्रिय एजेण्डामा छलफल आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

‘दलहरूका वीच सहमति खोज्ने हो भने राष्ट्रिय एजेण्डामा छलफल गरौँ’, एमाले नेता पोखरेलले भन्नुभयो, ‘संविधान कार्यान्वय, पुनर्निर्माण, स्वाधीनता र समृद्धिको साझा रोडम्याप तयार गरौँ ।’