– नरेश केसी
भैरहवा, १९ असार । भैरहवा स्थित सिद्धार्थ रंगसाललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेगरी जिल्ला खेलकुद विकास समिती रुपन्देहीले काम अगाडी बढाएको छ । रंगशालामा अहिले विभिन्न चरणको कामहरु मध्ये तारजालीको काम द्रुततर गतिमा भइरहेको छ ।
सरकारले जिल्ला खेलकुद विकास समिती रुपन्देही मार्फत ४० लाख रुपैयां छुट्टाई तारजालीको लागी उपभोक्ता समिती नै गठन गरी कार्य प्रारम्भ गरेको हो । सो कार्यको एक कार्यक्रमकाबीच पश्चिमान्चल खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले शिलान्यास गरेका छन् ।
तारजाली लगाउने कामको शिलान्यास गर्दै अध्यक्ष पौडेलले भैरहवाको सिद्धार्थ रंगसालालाई अन्तराष्ट्रिय स्तरको क्रिकेटको मुख्य ग्राउन्ड बन्ने योजना सुनिश्चीत भएको बताए । ११ फूटे १ सय ७५ मिटर क्षेत्रमा लगाइने तारजाली ५ सय मिटर रनिंगमा हुने सिद्धार्थ क्रिकेट खेल मैदान तार जाली निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यजीत सरकारले जनाएका छन् ।
अन्तर्राष्ट्रिय म्याच रेफ्री समेत रहेका सरकारले ग्राउन्डभित्र खेलाडी बाहेक अन्य व्यक्तिको निषेध गर्ने ध्ययेले तारजाली लगाउने कार्य शुरु गरिएको जनाए । ४० लाख बजेटमा निर्माण हुन लागेको तार जाली लगाउने कार्यले खेलाडी र खेल अभ्यासमा ठूलो सहयोग मिल्ने उपभोक्ता समितीका सचिव चक्र बहादुर थापाले बताएका छन् । क्रिकेटका राष्ट्रिय टोलीमा महत्वपुर्ण स्थान ओगट्ने भैरहवामा अन्तराष्ट्रिय क्रिकेट मैदानको खाचों देखी जिल्ला खेलकुद विकास समितीले आवश्यक सबै पुर्वाधारकोलागी सकारात्मक पहल गरिरहेको जिल्ला खेलकुद विकास समिती अध्यक्ष योग गुरुंग बताउंछन् ।

रुपन्देहीमा ०४७ सालमा स्वर्णकार कप क्रिकेट शुरु भएपछि संस्थागत रुपमा क्रिकेट खेल शुरु भएको हो । २०५३ सालमा जिल्ला क्रिकेट संघको स्थापना भए पश्चात ०५४ देखी जिल्ला स्तरीय सुपरलिग भयो । पहिले गौचरनको रुपमा रहेको सिद्धार्थ रंगसाला क्रिकेट संघको पहलमा खेल मैदान बनेको क्रिकेट संघ रुपन्देहीका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले बताए । ०६७ सालमा खेलकुद मन्त्रालयका सचिव सुनिल जबरासंग भेटी सिद्धार्थ रंगसालालाई अन्तराष्ट्रिय स्तरको बनाउने भनी पहल गरेपछि पछि ०६८ मा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको सहयोगमा अन्तराष्ट्रिय स्तरको बनाउने पहल शुरु भएको थियो । सो कार्यको तत्कालिन क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे, क्षेत्रीय अध्यक्ष प्रेम कुमार सेन्चुरीले संयुक्त रुपमा गरेका थिए ।
सरकारले भवन निर्माणको लागी १ करोड, ग्राउन्ड फिटिंग कार्पेटींगको लागी १ करोड विनियोजन गरी ठेक्का मार्फत काम सम्पन्न गरिसकेको छ । यसैगरी अहिले ४० लाख बजेटमा फेन्सींगको काम भइरहेको जिल्ला खेलकुद विकास समिती रुपन्देही सदस्य उमा अधिकारीले जनाइन् । सिद्धार्थ रंगसालामा १५ हजार दर्शक क्षमताको प्याराफीट निर्माण गर्ने र अझै डेढ विगाह जग्गा अधिग्रहण गर्ने योजना पनि बनाएको छ ।
सिद्धार्थ रंगसालाको उत्पादनको रुपमा रहेका धेरै खेलाडीले अहिले नेपालको राष्ट्रिय टिमबाट खेली देश र जनताको नाम उचो राख्ने महत्वपुर्ण इतिहास सृजना गरिसकेकोले भैरहवा सिद्धार्थ रंगसालालाई तत्काल अन्तराष्ट्रिय स्तरको बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने पश्चिमान्चल खेलकुद विकास समिती सदस्य सरिता श्रीत बताउछिन् ।
सिद्धार्थरंगसालामै खेलेर खेलाडी बनेका सागर पुन, शक्ति गौचन, बसन्त रेग्मी अहिले पनि नेपाली क्रिकेट टिमको सिनीयर तर्फबाट खेलिरहेका छन् । यसैगरी जुनियर तर्फ शंकर राना, भरत शर्मा खेलीरहेका छन् । सिद्धार्थ रंगसाला इतिहास बोकेको रंगसाला पनि हो । यहिकै खेलाडी सर्वप्रथम अन्तराष्ट्रिय क्रिकेटमा २०४० सालमा दिल्लीमा खेल खेलेको अनुप थापा हुन् । थापा अहिले क्षेत्रीय क्रिकेट समितीका अध्यक्ष छन् ।
पहिलो एसीसि ट्रफीमा बसन्त शाहि –हाल क्रिकेट राष्ट्रिय टिमका सहायक कोच) , जगत टमटा (हाल क्रिकेट राष्ट्रिय टिमका मुख्य प्रशिक्षक), सन्जय गुरुंग( हाल क्रिकेट राष्ट्रिय टिमका अम्पायर ) रहेका छन् । यसैगरी संजिव जोसी कृष्ण कार्कि, अन्तीम थापा, अमृत भट्टराइ, निश्चल चौधरी, भुवन कार्कि, लाल बहादुर अधिकारी जस्ता राष्ट्रिय टिमका खेलाडी सिद्धार्थ रंगसालाले नै उत्पादन गरेको हो ।
फाइभ स्टार होटल सहित प्रायाप्त होटल , निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल र धेरै जहाजको उडान तथा नेपाल भारत सुविधाजनक सीमा क्षेत्रको कारण पनि सरकारले प्रस्ताव गरेको काठमाण्डौंको मुलपानी, पोखरा र धनगढीको ग्राउन्ड भन्दा भैरहवाको सिद्धार्थ रंगसाला सबैभन्दा सबैदृष्टिकोणले अन्तराष्ट्रिय क्रिकेट खेलकोलागी उत्तम र मुख्य केन्द्र बन्ने बलिया आधार हुन् ।

















प्रतिक्रिया