२९ आश्विन २०८३, बिहिबार

स्वस्थ पेटका लागि अनिवार्य खानुस् यी ६ चीज

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khana

एजेन्सी । दौडधुपको जिन्दगीमा हाम्रो खान–पानमा पनि धेरै बदलाव आइसकेको छ । र यसैकारण रुटीनमा जंक फुडको प्रयोग बढ्दैछ । जंक फुड खानमा र बनाउनमा सजिलो भएपनि यो मानव शरीरका लागि खासै फाइदाजनक छैन् । यसकारण खानामा थोरै बदलाव ल्याएर हामी आफ्नो रुटीन र स्वास्थ्य दुबैमा सुधार गर्न सक्छौं । खानामा बढी भन्दा बढी यस्ता चीज खानुस् जो सजिलै पच्न सक्छ ।

१) दही

स्वास्थ्यका लागि दही एकदमै फाइदाजनक छ । दहीमा अजवायन हालेर खाँदा कब्जीयत निको हुन्छ । पेटका रोगहरुबाट ग्रसित मानिसहरुले यदि आफ्नो डाइटमा प्रचुर मात्रामा दही सामेल गरे राम्रो हुनेछ । यसमा राम्रो ब्याक्टेरिया पाइन्छ जसले पेटको रोग ठिक गर्छ ।

२) केरा

केरामा रहेको कार्बाेहाईड्रेटले पर्याप्त मात्रामा रगत बढाउँछ भने शरीरको तागत पनि बढाउँछ । पेटमा इन्फेक्शन हुँदा केरा खाने सल्लाह पनि दिइन्छ ।

३) हरियो साग

हरियो सागसब्जीमा आइरन बढी मात्रामा हुन्छ । यसकारण बढ्दै गरेको बच्चा र गर्भवती महिलाहरुले यसको सेवन बढी गर्नुपर्छ । हरियो सागहरु सजिलै पच्छ र खाँदा पेट पनि सफा रहन्छ ।

४) स्याउ

हरेक दिन एक स्याउ खानुस् र डाक्टरबाट छुटकारा पाउनुस् । स्याउका लागि बनेको यो भनाई सटिक छ । किनकि यसमा पोटैशियम, भिटामिन ए, फस्फोरस, भिटामिन सी र कैयौ मिनरल्स पाइन्छ । यसले पेटका समस्याहरु कम गर्न मद्दत गर्छ ।

५) ब्राउन राइस

ब्राउन राइसमा पाइने घुलनशील फाइबरले रगतमा एलडीएल कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

६) चुंकदर (गाँजर)

चुंकदर पाइल्सका रोगीहरुका लागि एकदमै फाइदाजनक छ । चुकन्दरको जुस पिउँदा हेपाटाइटिस र वान्ता हुने समस्याको उपचार आफै हुन्छ ।

७) दाल

फाइबर, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ दाल । यो मैग्रीशियम, आयरन र फस्फोरसको पनि राम्रो स्रोत हो । अनुन्धान भन्छ कि कब्जीयत ठिक पार्नका साथै यसले पेटको क्यान्सरको जोखिम पनि कम गर्न मद्दत गर्छ ।