
न्यूयोर्क । नेपालीहरुले अमेरिकाको न्यूयोर्कमा गर्न लागेको नेपाली वस्तुहरुको वृहत प्रदर्शनीलाई न्यूयोर्कका मेयरले समेत बधाई तथा शुभकामना दिएका छन् । न्यूयोर्कका मेयर बिल डे ब्लासियोले जुन ३० तारिखका शुभकामना सन्देश दिँदै पत्र पठाएपछि आयोजकहरु निकै उत्साहित बनेका छन् ।
आगामी सेप्टेमबर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युयोर्कमा हुने नेपाली वस्तुहरुको बृहत प्रदर्शनीको सफलताको शुभकामना आउने क्रम शुरु भएको आयोजक संस्था वर्लर्ड बिजनेश म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए ।
न्यूयोर्कका मेयरले जारी गरेको शुभकामना सन्देशमा न्यूयोर्कमा हुन लागेको नेपाली बस्तुहरुको बृहत प्रदर्शनीमा सहभागी हुन लागेका व्यवसायीहरुलाई स्वगात गरिएको छ । अमेरिकालाई विश्वव्यापीरुपमा आर्थिक आविस्कारक र सम्पन्न बनाउनका लागि आप्रवासी समुदायले ठूलो सहयोग गरेको स्मरण गर्दै नेपाली समुदायले गर्न लागेको ब्यापार मेलाबाट दुबै देशलाई लाभ हुने सन्देशमा जनाइएको छ ।
मेला नेपाली व्यापारी, पर्यटन व्यबसायी, प्रशिक्षक र कृषि उत्पादकहरुलाई आफ्नो सामान र सेवा बिस्तार गर्ने महत्पपूर्ण अवसर भएको बताइएको छ । आर्थिक बिकासका लागि मेला आयोजक, प्रबद्र्धक लगायत सबैलाई मेलामा सहभागी हुन आग्रह गरिएको छ । मेला सफल बनाई दुर्इ देशबीचको सम्बन्ध मजबुत बनाइ दिन नेपाली तथा अमेरिकी नागरिकलाई मेयरले आग्रह समेत गरेका छन् । उनले मेलालाई परिणामुखी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अमेरिकाको अहिलेसम्मको निकै ठूलो मेला मानिएको यो प्रदर्शनीमा ३७२ वटा स्टल रहनेछन् । मेलामा सहभागी हुन व्यवसायीले इच्छा देखाएकाले राम्रा उत्पादन गरिरहेका र बिगतमा पनि अन्तराष्ट्रिय प्रदर्शनीहरुमा भाग लिएका उद्योगहरुको छनौट गर्ने कार्य भैरहेको प्रदर्शनीका प्रबर्धन निर्देशक टेकराज पौडेलले जानकारी दिए ।















प्रतिक्रिया