३१ आश्विन २०८३, शनिबार

विश्वले प्रशंसा गरेको नेताको देशभित्रै यत्रो विरोध भन्दै रामशरण आक्रोशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahat1

बनेपा, १८ असार । नेपाली कांग्रेसका नेता एवं विश्वकै उत्कृष्ट ठहरिएका पूर्व अर्थमन्त्री डा रामशरण महतले आफ्नै कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

शनिबार काभ्रेको बनेपामा पार्टी कार्यालय भवनको शिलान्यास एवं स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले पछिल्लो समय आफ्नो आलोचना भएपछि कार्यकर्तामाथि आक्रोश पोखेका हुन् ।

‘एमालेले अहिले ल्याएको भन्दा हामीले ठूला ठूला बजेट ल्यायौं । मैले आफैले विकासमुखी बजेट ल्याएको थिए । तर, पार्टी आन्तरिक गुटबन्दीले गर्दा प्रचार हुन सकेन् । कार्यकर्ताले सहयोग गरेनन्, एमालेले केही काम नगर्दापनि यत्रो प्रचार,’ आक्रोश पोख्दै उनले भने– ‘अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्दा देशमा यति धेरै विरोध भएको देख्दा अचम्म परेको छु । मैले कमाएको विरासत जोगाउन गाह्रो भइसक्यो ।’

एमालेको बजेटको विषयमा बोल्दा पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि निकै आक्रोशित भएर प्रस्तुत भएका महतले भूकम्पपछि ६० दिनमै दातृ निकायबाट ठूलो रकम जुटाइदिएको स्मरण गर्दै भने- ‘यदि मेरो ठाउँमा अरु कोही अर्थमन्त्री हुन्थ्यो भने गर्नै सक्थेन् ।’

यति बोलिसकेपछि महत भावुक मुद्रामा प्रस्तुत भए । भूकम्प पीडितले अहिलेसम्म राहत र अनुदान नपाएकोमा दुःख व्यक्त गरे ।

सरकारले भूकम्प पीडितका नाममा बर्मलुट मच्चाएको आरोप लगाउँदै उनले अहिलेको सरकारले ल्याएको बजेट प्रचारमुखी मात्रै भएको ठोकुवा गरे ।

भूकम्पको समयमा राहतका लागि आएको जस्तापाता काण्डमा नाम जोडिएका महतले विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापेका थिए ।