२९ आश्विन २०८३, बिहिबार

देउवाजी! चुनावमा बहुमत ल्याउ अनि सरकारमा जाउ, अहिले किन हतार ?

15.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-1-1

 ‘मुसाको छोरी मुसाले नै बिहे गर्छ’

मुसाको छोरी मुसाले नै बिहे गर्छ भनेको सुनेर एउटा मुसालाई सारै रिस उठेछ । उसले सोधेछ संसारको सबै भन्दा ठूलो को हो ? म उसलाई नै छोरी दिन्छु । सबैले सूर्य भनेछन । अनि छोरी दिन मुसा सूर्य कहाँ गएछ, मुसाको कुरा सुनेर सूर्यले भनेछन, म भन्दा ठूलो त् बादल हो, बादलले टम्म ढाके पछि म पृथ्बीसम्म पुग्नै सक्दिन, मेरो केहि सीप चल्दैन म भन्दा ठूलो मेरो लागि बादल हो । सूर्यको यस्तो कुरा सुनेर छोरी दिन मुसा बादल कहाँ पुगेछ, बादलले मुसाको कुरा सुनेर भनेछन, म भन्दा ठुलो त् हावा हो, हावा चलेपछि मलाइ उडाएर कता पुराउँछ पुराउछ, मेरो केहि लाग्दैन त्यसैले हावालाई छोरी दिनु । बादलको कुरा सुनेपछि मुसा हावा कहाँ गएछ । हावाले भनेछन म भन्दा ठूलो त् पहाड हो, म जति चले पनि पहाडमा गएर ठोकिए पछि मेरो केहि लाग्दैन त्यसैले छोरी पहाडलाई दिनु । हावाको यस्तो कुरा सुनेपछि छोरी दिन मुसा पहाड भाटामा गएछ, पहाडले भनेछन म जति बलियो भएपनि मुसाले दुलो पारेर मलाई लडाइ दिन्छ, मलाइ छिया छिया पारिदिन्छ र त्यसैले छोरी मुसालाई नै दिनु । बल्ल मुसाले कुरा बुझेछ, मुसाको छोरी मुसाले नै बिहे गर्ने हो ।

मुलुकमा संकमणकाल अन्त्य गरि स्थायित्व र विकासका लागि प्रान्तीय, स्थानीय र संसद्को गरि ३ वटा निर्वाचन गर्नुपर्ने छ । १ बर्षभित्र सबै चुनाव सम्पन्न हुनसक्छ । त्यसैले अहिले होइन त्यति बेला चुनाब जित अनि सरकारमा जाओ अहिले किन हतार गर्छाै देउवाजी ? 

त्यस्तै नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा पनि मुसा बनेर सरकार ढाल्न कहिले कसकोमा त् कहिले कसकोमा पुगिनै रहेका छन् । तर मुसा फर्केजस्तो गरेर फर्किनु परेको छ । सबैले मेरो केहि चल्दैन भनेर फर्काउछन । तर, पनि दुलो खन्न भने छोडेका छैनन । मुसाले गर्न सक्ने केहि पनि होइन बिगार मात्र गर्ने हो, बन्न लागेको घरको जग भत्काउने मात्र हो ।

नेपाली कांग्रेसले १५ बर्ष सरकार चलायो केहि गर्न सकेन । शेरबहादुर आफै ३ पटक प्रधानमन्त्री भए तर, कुनै एउटा गतिलो काम गरेनन बरु भएका उद्योग बन्द गराएर युवा जति बिदेशिन बाध्य पारे । कमिशन र भष्ट्राचारमा देशलाई डुबाए । वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले त् कमसेकम बिकासको बहस चलाएका छन् । बिकासको सुरुवात यसरी नै हुने हो ।

ओलीले फास्ट ट्रयाक इन्डियालाई दिनबाट रोकिदिए । फास्ट ट्रयाक इन्डियालाई दिन नपाएर शेरबहादुर लाइ कत्ति रिस उठेको होला ? कल्पना गर्न धेरै गाह्रो छ, ५०–६० करोड कमिशन डुब्नु भनेको सानो चोट होइन । त्यसैले रिस फेर्न जसरि पनि ओलीलाई ढाल्नु छ । यदि इन्डियालाई फास्ट ट्रयाक बनाउन दिएको भए एउटा बाइक, कार, बस, र ट्रक एकचोटी हिड्दा हामीले धेरै नै महँगो सडक शुल्क तिर्नु पर्थ्यो । तर कमिसन खोरहरुलाई देश र जनतालाई ठगेर भएपनि करोडपति बन्नुछ । नत्र कुनै पारिबारिक सम्पति नभएका, कुनै आम्दानीको स्रोत नभएका मध्यमबर्गीय देउवा कसरी बुढानिलकण्ठमा दश पन्ध्र रोपनी जग्गामा घर बनाएर बस्न सक्ने हैसियतका भए ? २०४७ सालसम्म चप्पल पड्काएर हिड्ने नेपाली कांग्रेसका यस्ता थुप्रै नेता काठमाडौंमा आलिसान महल बनाएर खानदानी नेता भएका छन् । अरु पार्टीमा पनि यस्ता थुप्रै नेताहरु छन् यो हामीले देखेसुनेकै कुरा हो । यस्तै गरि आर्थिक र राजनीतिक फाइदा लिन नेपाली राजनीतिक पार्टीहरु जानीजानी संक्रमणकाल बढाउँछन किनकि स्थीर सरकार हुँदा भष्ट्राचार गरे, कमिसन खाए सबैले थाहा पाउछन र कारबाहीमा परिन्छ भन्ने बुझेका छन । राजनीतिक पार्टी र नेताहरुलाई जति संक्रमणकाल लम्बियो त्यति नै बिभिन्न खाले भूमिका बढ्छ र फाइदा हुन्छ ।

लेखक
लेखक

धेरै नेपाली नेताहरु मुसा बनेर भारत छिर्छन । बिरालो बनेर फर्किन्छन अनि बाघको भूमिकामा देखा पर्छन । यो नै राजनीतिक गतिरोधको प्रमुख कारण हो । राजनीतिक गतिरोध नेपालको संक्रमणकाल जन्मनुको एकमात्र कारण हो, संक्रमण आउनुको अरु कुनै कारण छैन ।

नेपाली राजनीतिक पार्टीका यस्तै क्रियाकलापले गर्दा आगामी चुनाबमा जनमतको परिणाम धेरै नै फरक आउने निश्चित छ । यहि डरले केहि राजनीतिक पार्टी चुनाब चाहँदैन र अहिलेको आवश्यकता नयाँ सरकार होइन संविधानको कार्यान्वयन हो । मुलुकमा संकमणकाल अन्त्य गरि स्थायीत्व र विकासका लागि प्रान्तीय, स्थानीय र संसद्को गरि ३ वटा निर्बाचन गर्नुपर्ने छ । १ बर्षभित्र सबै चुनाब सम्पन्न हुनसक्छ । त्यसैले अहिले होइन त्यति बेला चुनाब जित अनि सरकारमा जाओ अहिले किन हतार ? अस्थिरता सिर्जना हुनेगरि सरकारमा जान किन अस्वस्थ बाटो अपनाउने ?

रसिया, भारत र चीनमा एउटा सरकारले कमसेकम १० बर्ष काम गर्छ त् देश बिकास हुन्छ । हामी भने १० महिना पनि राम्ररी चल्न दिदैनौ । सरकार बन्न पाको हुन्न गिराउने खेल सुरु हुन्छ । यत्रो सानो देशमा १३५ वटा जति राजनीतिक पार्टी छन् । आखिर किन खुल्छन् च्याउ उम्रिए सरि राजनीतिक पार्टी ? बैंक मर्ज भएजस्तो नेपालका राजनीतिक पार्टी मर्ज हुन् जरुरी छ । नेपालमा १० वटा भन्दा बढी राजनीतिक पार्टी जरुरी छैन । निर्बाचन आयोगलाई चुनाब चिन्न मिलाउन पनि धौ धौ पर्छ । त्यसैले निर्बाचन आयोगले मर्ज हुने पोलिसी ल्याओस र हामीलाई सय वटा मुसा भन्दा एउटै बाघ भए पुग्छ ।

देशको ढुकुटी सित्याउने मुसा रुपी मानबहरु हाम्रो समाजमा धेरै छन् । निर्माण ब्यवसायी एबं एमाले सांसद जनार्दन ढकाल स्वयं भन्दैछन् एक अरबको ठेक्कामा १० करोड घुस त दिनैपर्छ । यहि कारण हो गुणस्तरीय काम नहुने । देशको ढुकुटी यसरी नै सकिन्छ तर गतिलो काम हुन् पाउँदैन । देश बिकास गर्ने हो भने भष्ट्राचार मुक्त समाज चाहिन्छ र त्यसको लागि मुसारुपी मानवलाई कडा भन्दा कडा सजाय दिनैपर्छ ।