१ कार्तिक २०८३, आइतबार

नायक अनमोल केसीले आफ्ना फ्यानलाई भेट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anamol-kc

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अहिलेका स्टार हुन् नायक अनमोल केसी । युवा दर्शकहरुको ढुकढुकीको रुपम स्थापित नायक अनमोललाई भेट्न खोज्नु दर्शकहरुको चाहना स्वभाविक नै हो । तिनै दर्शकहरुले अब अनमोललाई भेट्न मात्र होइन् संगै बसेर लन्च समेत खान पाउने अवसर पाएका छन् ।

दर्शकहरुका लागि यस्तो अवसर आउँदो साउन ७ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचत्रि ‘म त तिम्रै हुँ’ ले जुराई दिएको हो । लक्की दर्शकले अनमोलसंग मात्र नभई चलचत्रि ‘म त तिम्रै हुँ’ बाट नेपाली चलचित्रमा उदाउन लागेको नवनायक आकाश श्रेष्ठसंग समेत बसेर लन्च खान पाउने छन् ।

आम दर्शकहरुको चाहना हेरेरै यस्तो क्वीज अफर ल्याएको चलचित्रकी निर्मात्री एवंम नायिका सुस्मिता केसीले बताईन् । उनले यसका लागि केही शर्तहरु समेत राखिएको जानकारी दिईन् ।

चलचित्रले राखेको शर्त अनुसार चलचित्रको फेसबुक पेज (म त तिम्रै हुँ) लाई सुरुमा लाईक गर्नुपर्ने, सो पेजमा राखिएको क्वीजको पोष्टलाई लाईक गर्नुपर्ने, त्यसपछि प्रश्नको उत्तर कमेन्ट गर्नुपर्ने र सो पोष्टलाई शेयर गर्नुपर्ने हुन्छ । यी शर्तहरु पालना गर्ने दर्शकहरुबाट गोला प्रथाबाट उत्कृष्ट पाँच जनालाई विभिन्न उपहारहरु प्रदान गरिने छ ।

नायिका एवंम निर्मात्री सुस्मिताले उत्कृष्ट पाँच जनालाई चलचित्र ‘म त तिम्रै हुँ’ को भिआईपी रेडकार्पेट प्रिमियर शो को टिकट, एलजी स्मार्ट फोन र नायक अनमोल केसी र आकाश श्रेष्ठसंग लन्चको व्यवस्था गरिएको जानकारी दिईन् । नायक अनमोल केसी यस चलचित्रका निर्माता हुन् ।

उनकै नामको व्यानर अनमोल क्रियशनबाट चलचित्र निर्माण भएको हो । चलचित्रमा नायक आकाशसंगै नायिका जोयत्सना योगी र सुस्मिता केसीको मूख्य भुमिका रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।