१ कार्तिक २०८३, आइतबार

सलमान र ललियाको विवाह नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman luliyaमुम्बई । सलमान खानकी प्रेमिका लुलिया वन्तुरले तत्काल विवाह गर्ने कुनै योजना नराखेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमान र लुलियावीच हुने भनिएको विहेको सम्भावना नरहेको बताएका हुन् ।

सलमान ‘बलात्कृत महिला’बारे अभिव्यक्ति दिएर अलोचित भइरहेका बेला उनकी प्रेमिका लुलियाले विवाह गर्न अस्वीकार गरेको बताइएको छ । सलमान र लुलिया वन्तुरको विवाह हुँदैन भनेर भारतीय लिडिङ अनलाइनले यो खुलासा गरेको हो ।

सलमानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सलमान र लुलिया विवाह गर्ने कुनै योजना नरहेको अनलाइनमा उल्लेख गरिएको छ । यसअघि बारम्बार अन्य मिडियाले सलमानले ५१औँ जन्मदिनको अवसर पारेर विवाह गर्ने दाबी गर्दै समाचार लेखिरहेका थिए । – एजेन्सी