१ कार्तिक २०८३, शनिबार

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballपेरिस, १८ असार । युरोकपमा उत्कृष्ट नतिजा निकालिरहेको वेल्सले बेल्जियममाथि प्रभावशली जित निकालेको छ । जितसँगै वेल्स सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शनिबार बिहान भएको दोस्रो क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि ३–१ को शानदार जित निकाल्दै वेल्सले पोर्चुगलसँगको भिडन्त पक्का गरेको हो ।

खेलको शुरुवातीमै अग्रता लिएपनि बेल्जियमले सम्हालिन नसक्दा वेल्सका अगाडि उसको केही लागेन । बेल्जिमयका लागि १३ औं मिनेटमा नाइङ्गगोलनले अग्रता दिलाएको खेलमा वेल्स पहिलो हाफमै बराबरी र दोस्रो हाफमा दुई गोल गरे सेमिफाइनल यात्रा तय गरेको हो ।

वेल्सका लागि ३० औं मिनेटमा एस्ले विलियम्सले बराबरी गोल गरे । पहिलो हाफ १–१ मा टुंगिएको अवस्थामा दोस्रो हाफमा वेल्सले थप दुई गोल थप्यो ।

वेल्सका लागि खेलको ५५ औं मिनेटमा बेल्जियमको डिफेन्स लाइनअपलाई चिर्दै हल रोब्सोन कानुले गोल गरी २–१ को अग्रता दिलाए ।

वेल्स त्यतिमै रोकिनेवाला थिएन । उसका लागि खेलको ८५ औं मिनेटमा च्रिस गन्टरले दिएको क्रस पासमा साम भोक्सले हेडर गोल गर्दै ३–१ को जित पक्का गरे ।

बेल्जियमलाई घर फर्काएको वेल्सको भिडन्त अब क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग हुनेछ । पोर्चुगल पोल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । – एजेन्सी