१ कार्तिक २०८३, शनिबार

न्यूयोर्कमा हुने नेपाल मेलाको अन्तर्वार्ता जुलाई २६ देखि शुरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal exhibition

– विजय थापा

वाशिंगटन डिसी । न्युयोर्कमा हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको लागि दर्ता प्रक्रिया अगाडी बढाई सकेका एक सय उद्योगी तथा ब्यबसायीहरुको लागि आगामी जुलाई २६ देखि अगस्त १० सम्म अमेरिकन दूताबासले अन्तर्वार्ता लिने भएको छ ।

आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म न्युयोर्कमा हुने उक्त अन्तर्राष्ट्रिय व्यापार मेलामा थप उद्योग तथा ब्यबसायीको लागि जुलाई १० तारिख सम्म आबेदन थप गरेको जानकारी नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले दिएका छन ।

हाल सम्म सम्म करिब ३ सय जोड उधोग तथा ब्यबसायीले दर्ता गरि सकेकोले अन्य थपको लागि जुलाई १० सम्म निबेदनको लागि आब्हान गरेको छ । दर्ताको अन्तिम म्याद आगामी जुन ३० सम्म रहेको थियो ।

काठमाडौँस्थित अमेरिकन दूताबासमा अन्तर्वार्ताको पालो ४० दिनपछि आउने हुनाले जति सक्दो थप गरिएको म्याद सम्म आबेदन दिन अयोजकले ईक्षुक सबैमा अनुरोध गरेको छ ।

प्रवेश आज्ञा पाउनेको लागि बासको व्यवस्थाको लागि म्यान ह्याटनको वर्ल्ड होटल ।लंग आईल्याण्डको रेड रुफ इन, अन्य ७५ वटा प्रतिष्ठानहरुको लागि व्यवस्था गरिएको छ भने थप २ सय भन्दा ज्यादा कोठाहरुको लागि न्यूजर्सी क्षेत्र र क़ुइन्स क्षेत्रमा पाहुना घरको लागि आरक्षण गर्ने क्रम जारी भएको अध्यक्ष रेग्मीले दिएका छन् ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि म्यान ह्याटन च्याम्बर अफ कमर्स ,क़ुइन्स च्याम्बर अफ कमर्श, हो बोकेन च्याम्बर अफ कमर्स, न्यू जर्सी च्याम्बर अफ कमर्श लगायत अन्य ब्यापारिक संस्थाहरुसंग सहकार्य गर्ने बिषयमा छलफल शुरु गर्न थालिएको आयोजकले बताएका छन् ।

जुलाई १५ बाट वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी ले ३ जना अमेरिकन नागरिकलाई नियुक्ति गरि विभिन्न उद्योग बाणिज्य संघ र संघ तथा ब्यापारीहरु संग पहुच गर्नको लागि कार्य शुरु गर्ने भएको छ ।

कर्मचारी नियुक्त प्रक्रिया शुरु भै सकेको जानकारी गराईएको छ भने त्यस्तै गरि ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्स संग को सम्बन्ध विस्तार गरि सामुदायिक सदस्यता भै प्रचार प्रसार कार्य तिब्र गर्ने योजना समेत रहेको छ ।

नेपालमा सम्पर्क कार्यालय बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म सुचारु छ । काठमाडौँ स्थित अमेरिकन दुताबासले नेपाल प्रदर्शन तथा अन्तर राष्ट्रिय ब्यापार प्रदर्शनमा भाग लिने उद्योग तथा ब्यापारीहरुको प्रवेशआज्ञा के कसरि दिने हो हेर्न बाकि छ भने सम्पूर्ण कार्य सकिएको अवस्थामा पुगेको छ ।

सयुक्त राष्ट्र संघको सम्मेलनमा नेपाल सरकारको तर्फबाट आएका प्रतिनिधिले प्रदर्शनीमा सम्बोधन या समय अनुकुल भए उद्घाटन को लागि अनुरोधसम्म गरिएको छ । प्रधानमन्त्रीले उद्घाटन गर्ने बिषयमा युएन को कार्यक्रम निस्के पछि जानकारी गराउने भन्नु भएको जानकारी आएको अध्यक्ष रेग्मीले दिएका छन् ।