१ कार्तिक २०८३, शनिबार

पोर्चुगल युरोकपको सेमिफाइनलमा, पोल्याण्ड पेनाल्टीमा चुक्यो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo

काठमाडौं, १७ असार । युरोकप फुटबलमा पोल्याण्डलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगलले ट्राइब्रेकरमा ५-३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्यो ।

यो सँगै पोर्चुगल चौथो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ ।

खेलमा रोर्बट लेवानडोस्कीको गोलबाट पोल्याडले अग्रता लिएको थियो । लेवानडोस्कीकोले दुई मिनेटमै गोल गरे ।

तर, खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । आजको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले अवसर धेरै पाएपनि गोल गर्न सकेनन् ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । यो समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पोनाल्टीमा पोर्चुगलले ५–३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । पोर्चुगलका रेनिटो सान्चेस नै म्यान अफ द म्याच भए । सेमिफाइनलमा पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्ने छ ।