संविधानविद् डा. विपिन अधिकारीले हालका प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा नाम लेखाएको बताएका छन् ।
पत्रकार दीपक धितालसँगको अन्तर्वार्तामा उनले वैदेशिक हस्तक्षेपविरुद्धको कदम, विकास निर्माण, चीनसँग व्यापारिक दोस्ती लगायत थुप्रै कामहरुको थालनी गरेर ओलीले इतिहास कोरेको बताए ।
उनले भने– ‘ओलीको हिम्मत, आत्मविश्वास अरु कुनै पोलिटिसियनमा छैन् ।’ उनले नेपालको संविधान भारतभन्दा कैयौ गुणा उत्कृष्ठ भएको ठोकुवा गरे । ‘दाजेर हेर्ने हो भने भारतभन्दा नेपालको संविधान धेरै राम्रो छ’ उनले भने ।
मधेसीवादी दललाई संविधान के को पुर्नलेखन ? चुनाव जितेर आउनुपरो नी आफूले भने जस्तो गर्न त भन्दै विरोधी पक्षले पहिला जनमत लिएर आउन चुनौति दिए ।
‘बर्तमान सरकार फेर्न अहिलेको संविधान बाधक छैन तर किन फेर्ने सरकार ? कारण के हो स्पष्ट पार्न सक्नुपर्यो’ उनले भने– ‘ओलीले देउवालाई पद हस्तान्तरण गर्न मात्र सरकार परिवर्तन गर्न खोज्नु नेपाली जनतामाथी अन्याय हुन जान्छ ।’
संसदीय समितिहरुको निर्देशन अदालतको परमादेश जस्तो होइन भन्दै उनले मधेसी दल र सरकार दुबै पक्ष बार्तामा कटिबद्ध हुनुपर्नेमा जोड दिए ।
स्थानीय निकायको निर्वाचन गर्नपर्छ भन्दै चुनावमा भाग लिन्न र चुनाव हुनुहुँदैन भन्ने माओवादी शैलीको अन्त्य हुन आवश्यक रहेको उनको भनाई थियो ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=eu2suCAnzso&feature=share
भिडियो सौजन्यः माउन्टेन टेलिभिजन ।













प्रतिक्रिया