अमेरिका । गैरआबासीय नेपाली संघको आर्थिक स्थायित्व समितिको पहिलो कन्फ्रेस कल बैठक हालै सम्पन्न भएको छ । बैठकले संघको हालसम्मनको आर्थिक श्रोत, स्थिती र यस सम्बन्धमा भएका प्रयासहरुको बारेमा समिक्षा गरेको थियो ।
संघको कार्यालय र गतिबिधी सञ्चालनका लागि हालसम्मन सदस्यता र बेलाबखत संकलन गरिने चन्दा र सह्योग् बाहेक अन्य स्थाई श्रोत नभएको हुँदा त्यसतर्फ छलफल चलाई बैकल्पिक स्थायी श्रोतहरु तयार गर्नेतर्फ बैठकमा छलफल गरिएको थियो । समितिले यो सम्बन्धमा अल्पकालिन र दिर्घकालिन रणनीति तयार गरी अन्तर्राष्ट्रिय समितिमा कार्यान्वयनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
बैठकले दिर्घकालिन रणनीति तयार गर्न डिल्ली भट्टराई (अमेरिका) र अल्पकालिन रणनीति तयार पार्न भैरब ढकाल (अस्ट्रेलिया)लाई संयोजक तोकेको छ ।
बैठक समितिका संयोजक तथा संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा सञ्चालन भएको थियो ।















प्रतिक्रिया