काठमाडौं । म्युजिक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् । वास्तविक जीवनमा नभई माधव कार्कीको स्वर रहेको हाँसी हाँसी बोलको गीतमा अनु शाहले पललाई धोका दिएकी हुन् ।
पल र अनु अभिनित उक्त गीतको भिडियो भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलीयाको शब्द रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन् ।
सरोज ओलीको निर्देशनमा तयार भएको म्युजीक भिडियोमा सुदिप बरालको सिनेमेट्रोग्राफि र रञ्जन न्यौपानेको सम्पादन छ । गीतले एक भन्दा बढी सम्बन्ध गाँस्दा आइपर्ने परिस्थितिलाई चित्रण गरेको छ ।
हेर्नुस भिडियोः
















प्रतिक्रिया